+
+
Shares

इन्सेकको अध्यक्षमा डा. श्रेष्ठ चयन

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ३ गते २०:२९

३ मंसिर, काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कार्यसमितिको अध्यक्षमा डा इन्दिरा श्रेष्ठ चयन भएकी छन् ।

यसअघि कार्यसमिति सदस्य रहेकी श्रेष्ठलाई हालै बसेको कार्यसमिति बैठकले अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको इन्सेकले जनाएको छ ।

प्रदेश १ को नीति तथा योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त भएपछि इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गर्दै बैठकले अध्यक्षमा श्रेष्ठलाई चयन गरेको इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले जानकारी दिए ।

 

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?