+
+
Shares

भ्यूज नभएपछि युटुबबाट हटाइयो दीपशिखा र अलीको ‘जाने क्या हुवा’

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ४ गते ११:२९

केही दिन अगाडि युटुबबाट सार्वजनिक गरिएको चलचित्र ‘प्रेमलिला’मा समावेश ‘जाने क्या हुवा’ बोलको गीतको भिडियो युटुबबाट हटाइएको छ । दुई देशको प्रेम सम्बन्ध प्रस्तुत गरिएकाले पनि नेपाली चलचित्रमा हिन्दी गीत समावेश गरिएको थियो ।

तर, यो गीतलाई दर्शकको गतिलो साथ नमिलेपछि युटुबबाट हटाइएको हो । वुझिएअनुसार, नयाँ युटुब च्यानलमा राखिएको यो भिडियोलाई गतिलो भ्यूज मिलेन । यसैले पनि गीतबाट अत्याधिक अपेक्षा गरेको यसको निर्माणपक्षले युटुबबाट गीत नै हटाउन उत्तम ठानेको वुझिएको छ ।

तर, गीत राम्रो भएको खण्डमा नयाँ युटुब च्यानलबाट पनि सार्वजनिक भएका गीतलाई पनि लाखौ भ्यूज मिलेको उदाहरण प्रशस्त छ । अब, यो गीतलाई ओएसआर डिजिटल च्यानलबाट सार्वजनिक गर्ने बिषयमा कुराकानी भैरहेको छ ।

चलचित्रमा पवन गौतममको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी छ । डाक्टर सागरको शब्द रहेको गीतमा रविराज शाहको संगीत, राजा हसन र सौमी शैलेसको स्वर छ । माघ २५ गतेबाट यो चलचित्र नेपालभर रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?