+
+
Shares

धर्मनिरपेक्षता हिन्दु धर्म विरोधी होइनः निधि

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ४ गते ११:५०

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेस धर्मनिरपेक्षताबाट पछाडि फर्कन नसक्ने बताएका छन् ।

अहिले पनि कांग्रेसका केही नेताहरुलाई देशमा हिन्दु धर्मावलम्बी धैरै छन्, धर्म निरपेक्षता भन्दा भोट घट्छ भन्ने लागेको भन्दै उनले भने, ‘म त्यो मान्दिन ।’

कांग्रेसको राजनीतिक मस्यौदा समितिले मंगलबार धनगढीमा गरेको अन्तरक्रियामा उपसभापति निधिले भने, ‘धर्म निरपेक्षता भनेको हिन्दु धर्म विरोधी होइन ।’

आसन्न महासमिति बैठकबाट कांग्रेसले गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता लगायतका मुद्दामा अझ प्रष्ट पार्नुपर्ने तर, पछाडि र्फकन नहुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?