+
+
Shares

‘सुश्री’बाट १ करोड डुबाएँ, अब उत्कृष्ट ५ निर्मातामा पर्छुः आशिका

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ४ गते १२:३३

चलचित्र ‘सुश्री’ निर्माण गरेकी कलाकार तथा निर्मात्री आशिका तामाङले नयाँ चलचित्र निर्माण गर्ने बताएकी छिन् । जर्मनीमा बस्दै आएकी आशिका अहिले नेपाल आएकी छिन् । उनले, अब चाडै नै आफूले नयाँ चलचित्र निर्माण गर्ने बताइन् । उनका अनुसार, चलचित्र ‘सुश्री’ निर्माण गरेर उनलाई १ करोड घाटा लागेको छ । उनले भनिन्–‘चलचित्र बनाउनु सजिलो काम होइन रहेछ । पहिलो चलचित्रबाट नै मैले १ करोड डुबाएँ । यो रकम उठाउन २ बर्ष जर्मनमा मिहिनेत गरेर काम पनि गरेँ ।’

आशिकाले अब राम्रो चलचित्र निर्माण गर्ने समेत बताइन् । नेपालमा अहिले सय बढी चलचित्र बनेतापनि आधा दर्जनले मात्र लगानी उठाएको उनको भनाई थियो । आशिकाले भनिन्–‘यहाँ ९५ प्रतिशत चलचित्र असफल र ५ प्रतिशत सफल छन् । अब मलाई त्यो ५ प्रतिशत भित्र पर्नुछ । यसैले अब सबै कुरा वुझेर मात्र चलचित्र बनाउँछु ।’

नायक आर्यन सिग्देलको नायिका भएर आशिका आफैले चलचित्र ‘सुश्री’ २ बर्ष अगाडि निर्माण गरेकी थिइन् । तर, चलचित्र असफल भएपछि आफूले केही समय के गर्ने भन्ने सोच्न नसकेको उनले बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?