Comments Add Comment

कार्तिकमा मात्रै नेपाली सेनाका लागि मात्रै थप ३ अर्ब निकासा

४ मंसिर, काठमाडौं । सरकारले कार्तिक महिनामा पनि विभिन्न शीर्षकमा बजेट रकमान्तर गरेको छ । कातिर्क महिनामा मात्रै अर्थमन्त्रालयको विविध शीर्षकबाट नेपाली सेनाले ३ अर्ब चार कारेड रुपैयाँ पााएको छ।

गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र वितरण व्यवस्थापन केन्द्रलाई १ अर्ब ६६ करोड रुपैयाँ निकासा दिइएको छ । कार्तिक महिनामा महिला आयोगका पदाधिकारी र सचिवका लागि गाडी किन्न लागि ३ करोड रुपैयाँ भुक्तानी गरिएको अर्थ मन्त्रालयले जनाएको छ । ६ वटा गाडी किन्न ३० करोड निकासा भएको हो ।

अर्थमन्त्रालयका अनुसार नेपाली सेनालाई ७.६२ मिलिमिटरको नयाँ एम्युनिसन उत्पादन प्लान्ट स्थापना गर्न २ अर्ब ४५ करोड रुपैयाँ पनि निकासा गरिएको छ ।

नेपाली सेनाले किन्ने ‘फिक्स्ड विंग्स’ विमानका लागि पनि अर्थमन्त्रालयले ठूलो रकम निकासा गरेको छ । यसका लागि नेपाली सेनालाई सरकारले ५९ करोड रुपैयाँ दिएको छ ।

राष्ट्रिय परिचयपत्र वितरण गर्न राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रलाई दुई पटक गरेर १ अर्ब ६६ करोड निकासा गरेको छ ।

यस्तै प्रधानमन्त्रीको सचिवालयको सुरक्षाका लासगि विभिन्न समाग्री खरिब गर्न २ करोड ८२ लाख रकम पनि निकास भएको छ । अन्य विभिन्न शीर्षकमा पनि रकमान्तर गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment