Comments Add Comment

इन्स्टाग्रामले हटाउँदैछ ‘फेक लाइक्स र कमेन्ट्स’

फेसबुक स्वामित्वको फोटो शेयरिङ एप इन्स्टाग्रामले थर्ड पार्टी एप प्रयोग गरी प्राप्त गरिएका फर्जी लाइक्स, फलोज तथा कमेन्ट्सलाई निर्मूल पार्ने घोषणा गरेको छ ।

झुटो लोकप्रियता बढाउनका लागि थर्ड पार्टी एपको प्रयोग गर्ने इन्स्टाग्राम प्रयोगकर्ताहरु यसको निशानामा पर्नेछन् ।

फेक युजर्सको माध्यमबाट लाइक्स, फलोज तथा कमेन्ट्स गराउन अटोमेटेड एपको प्रयोग गर्ने अकाउन्टहरु पहिचानका लागि मेसिन लर्निङ टूल तयार गरिएको इन्स्टाग्रामले जनाएको छ ।

सिन्ह्वाका अनुसार इन्स्टाग्राम प्रयोगकर्ताले यस्तो थर्ड पार्टी एपको प्रयोग गर्नु नियमको उल्लंघन रहेको इन्स्टाग्रामले जनाएको छ । अकाउन्ट प्रयोग गर्नका लागि आफ्नो युजरनेम र पासवर्ड शेयर गर्नबाट इन्स्टाग्रामले प्रयोगकर्तालाई निषेध गरेको छ ।

बढी लाइक र कमेन्ट पाउनका लागि थर्ड पार्टी एपको प्रयोग नगर्न चेतावनी दिँदै इन्स्टाग्रामले यसो गर्दा प्रयोगकर्ताका लगइन जानकारीहरु ह्याक वा सार्वजनिक हुनसक्ने वा भाइरस पठाउनका लागि दुरुपयोग हुनसक्ने बताइएको छ ।

आफ्नो मातृ कम्पनी फेसबुकले झुटो समाचारका विरुद्धमा अभियान छेडेसँगै इन्स्टाग्रामले पनि फेक लाइक तथा कमेन्टका विरुद्ध नयाँ नियम लागू गरेको हो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment