+
+
Shares

कैँचीझैं मुख चलाएको भन्दै लोग्नेले काटिदिए पत्नीको जिब्रो

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ५ गते १०:४६

शिक्षाले मानिसलाई संस्कार सिकाउँछ भनिन्छ । तर भारतमा पीएचडी गर्न लागेका एकजना पुरुषले आफ्नी पत्नीको जिब्रो नै काटिदिएका छन् ।

उत्तर प्रदेशको कानपुरस्थित बर्रा क्षेत्रमा यो घटना भएको हो ।

पत्नी धेरै बोलेको अर्थात् पत्नीको जिब्रो कैँचीझैँ चलेको आरोपमा उनले जिब्रो नै काटिदिए ।

पत्नीको जिब्रो काटिदिने युवकको नाम आकाश हो । गत वर्ष वन्दना नामकी युवतीसँग उनले लाखौं खर्च गरेर बिहे गरेका थिए । बिहेपछि उनले पत्नीलाई पटक–पटक दाइजोको निहुँमा प्रताडना दिने गरेको र टाउको फुट्नेगरी कुट्ने गरेका थिए ।

गत नोभेमबर ६ मा दीपावलीको एक दिनअघि उनले पत्नीलाई जबरजस्ती नशालु पदार्थ खुवाए अनि लठ्याएर जिब्रो काटिदिए । पीडित वन्दनाको छिमेकीहरुले उद्दार गरेका थिए ।

पीडक लोग्नेलाई प्रहरीले गिरफ्तार गरेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?