Comments Add Comment

बैतडीका विद्यालयमा बाल उद्यान

५ मंसिर, बैतडी । बैतडीको पाटन नगरपालिकाका ५ वटा लिद्यालयमा बालउद्यान निर्माण गरिएको छ । नगरपालिकाबाट ३-३ लाख बजेट बिनियोजन गरी ५ वटा विद्यालयमा बालउद्यानका समाग्री निर्माण सम्पन्न गरिएको पाटन नगरपालिकाले जनाएको छ ।

वडा नम्बर ४ मा रहेको भगवती आधारभूत विद्यालय, वडा नम्बर ८ मा रहेको जनता माबि, वडा नम्बर ९ का सिद्धेश्वर र ज्ञानेश्वर माबि, वडा नम्बर १० मा को कालिका माविमा बालउद्यानका समाग्री राखिएको हो ।

खेल्ने सामग्रीहरु पाएपछि विद्यार्थीहरु नियमित रुपमा विद्यालय आउन थालेको र सिकाइको स्तर पनि बढेको ज्ञानेश्वर माविका शिक्षक धनबहादुर महराले बताए । ‘बालबालिकाहरु रामइलोसँग खेल्न पाउँदा दैनिक रुपमा बिद्यालय आइरहन्छन् र खेलकुद लगायत अतिरिक्त कृयाकलाप गर्नको लागि सजिलो र सिकाइ प्रभावकारी पनि भएको छ,’ उनले भने ।

बालउद्यानमा बालबालिकाहरु रमाइ-रमाइ खेल्ने गरेको सिद्धेश्वर माविका प्रधानाध्यापक नरेन्द्र अवस्थीले बताए । अवस्थीले भने, ‘खेलकुदका कार्यक्रमहरुसँगै मनोरन्जन गर्न मिल्ने खालका समाग्री उपलब्ध हुँदा बालबालिकाहरु रमाउन थालेका छन् ।’

पाटन नगरपालिकाले नगरपालिकाभित्रका सबै विद्यालयलाई बालमैत्री बनाउने उद्देश्य लिएको छ । सोहीअनुसार चालु आर्थिक वर्षमा ५ वटा विद्यालयमा बालउद्यानका सामाग्री राखिएको हो । बाँकी विद्यालयहरुमा पनि बाल उद्यान राख्नका लागि बजेट विनियोजन गरिने पाटन नगरपालिकाका नगरप्रमुख केशव बहादुर चन्दले बताए ।

बाल उद्यान समाग्रीले बालबालीकालाई विद्यालयमा आकर्षित हुने नगरपालिकाका कर्मचारी र शिक्षक तथा अभिभावकको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment