+
+
Shares

कसले जित्ला ‘हिमालय रोडिज’को उपाधि ?

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ५ गते १२:४०

हिमालय टेलिभिजनबाट हरेक सोमबार बेलुकी ८ बजे प्रशारण भैरहेको रियालिटी शो ‘हिमालय रोडिज’को फाइनल आउँदो सोमबार हुँदैछ । गतबर्षबाट सुरु भएको यो रियालिटी शोले निकै चर्चा पाइरहेको छ । यो बर्षको फाइनलमा ३ जना प्रतिस्पर्धीले प्रतिस्पर्धा गर्दैैछन् ।

विजेताले २० लाख नगद पुरस्कार पाउनेछन् । प्रिविर घले, तेजस्वी बस्नेत र आयुष श्रेष्ठ फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । १३ जना प्रतिस्पर्धीलाई छनोट गरेर यो कार्यक्रम अघि बढाइएको थियो । १८ भागमा यो कार्यक्रम सकिनेछ । हालसम्म १७ भाग प्रशारण भैसकेको छ ।

गतबर्ष जस्तै यसपटक पनि रेमन दास श्रेष्ठ, दिया मास्के र आशिष राना यो शोको निर्णायकमा थिए । शोको निर्देशन अमन प्रताप अधिकारीले गरेका हुन् । यो शोलाई यसपटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, महेन्द्रनगर, टिकापुर, चिसापानी, नेपालगञ्ज, कोहलपुर र काठमाण्डौमा छायांकन गरिएको थियो ।

यसपटकको फाइनल गतबर्षको भन्दा पनि रोमाञ्चक हुने निर्देशक अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?