+
+
Shares

पुँजीगत खर्चको योजना पेश गर्न अर्थ समितिको ताकेता

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ५ गते १५:५९

५ मंसिर, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको निर्देशनलाई अर्थ मन्त्रालयले अटेर गरेको छ ।

सरकारले पुँजीगत खर्च गर्न नसकेको विषयमा समिति बैठकमै प्रश्न उठे पछि अर्थ मन्त्रालयलाई पुँजीगत खर्चको कार्ययोजना समितिले मागेको थियो ।

असोज २२ गते लिखित रुपमै अर्थमन्त्राललाई समितिले कार्ययाेजना माग गरेको थियो ।

संसदीय समितिले लिखित रुपमै अर्थसँग खर्चको कार्ययोजना माग गरेको भए पनि हालसम्म उपलब्ध नभएको समितिका सभापति कृष्ण दाहालले बताए ।

समितिको निर्देशन मन्त्रालयहरुले नटेरे पछि ताकेता पत्र पठाउने निर्णय गरिएको छ ।

बुधबार बसेको समिति बैठकले पुँजीगत खर्च कार्ययोजना पठाउन अर्थ मन्त्रालयलाई ताकेता पत्र पठाउने निर्णय भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?