Comments Add Comment

ओपो ए थ्री एसकाे मूल्य घट्याे

५ मंसिर, काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर,ओपोले आफ्नो निकै लोकपि्रय स्मार्ट फोन, ए थ्री एस (थ्री जीबी) को मूल्यमा रु. १ हजार ९ सयको कटौती गरेको छ ।

यसै बर्षको मध्य सेप्टेम्बरमा मूल्य रु २६ हजार ४ सय ९० मा सार्वजनिक गरिएको उक्त फोन अब देखि बजारमा रु. २४ हजार ५ सय ९०मा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सुपर फुल स्क्रीन सहित सार्वजनिक गरिएको ए थ्री एस, ए सिरिज अन्तर्ग तकै पहिलो फोन हो । कम्पनीले १६ नोवेम्बरदेखि नै ए थ्री एसका लागि नयाा मूल्य लागू गरिसकेको जानकारी दिएको छ ।

फोनमा समाहित विशेषताका कुरा गर्दा एथ्रीएस दक्षिण एसियामै १३+२ एमपी डुअल रियर क्यामेरा सहित सार्वजनिक ओपोको पहिलो फोन हो ।

फोनको १३ एमपी क्यामेरामा एफ/२.२ एपर्चर तथा २ एमपी क्यामेरामा एफ/२.४ एपर्चर (सेन्सर एलईडी फ्ल्याश सहित) र सेल्फी तथा भिडियो च्याटका लागि एआई ब्यूटी प्रविधि तथा एफ/२.२ एपर्चर सहितको ८ एमपी क्षमताको फ्रन्ट क्यामेरा जडान गरिएको छ ।

३ जीबी र्‍याम र ३२ जीबी सञ्चय क्षमता, क्वालकम स्न्याप ड्रागन ४५० ओक्टा कोर प्रोशेसर र ४२३० एमएएच ब्याट्री जडित नवप्रबर्तनात्मक फिचर्स सुसज्जित ए थ्री एसको मुल्य अब रु. २४ हजार ५ सय ९० निर्धारण गरिएको हो ।

४,२३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडित ए थ्री एसमा कलर ओएस ५.१मा आधारित एण्ड्रोइड ८.१ सञ्चालन प्रणाली उपलब्ध छ । १५६.२x७५.६x८.२ एमएम आयामको ए थ्री एसको वजन जम्मा १ सय ६८ ग्राम रहेको छ ।

फोनको सेन्सर अनबोर्डमा लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, जी सेन्सर र एक्सेलेरोमिटर लगायत सुविधा जडित छन् ।

ओपोले ए थ्री एस मार्फत बिल्कुलै नयाा फंसनका रुपमा म्यूजिक पार्टी पनिउपलब्ध गराएको छ । यस फंसनको माध्यमबाट तपाईा लगायत तपाईाका साथीहरु हटस्पट मार्फत आ-अाफ्नै स्मार्टफोनमा एउटै ट्रयाकको मज्जालिन सक्नु हुन्छ ।

स्पिकरको प्रयोग गर्न नसकिने स्थानमा म्यूजिक पार्टी, संगीतको मज्जा लिन एउटा सटिक माध्यमका रुपमा स्थापित हुन सक्छ । तर, यसको प्रयोगका लागि कलर ओएस ५.१ वा माथिल्ला ओएस भर्जन हुनु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment