Comments Add Comment

तपाईको ट्वाइलेट कस्तो छ ?

तपाईको ट्वाइलेट कस्तो छ ?

यो प्रश्न तपाईलाई वाहियात लाग्न सक्छ । वेकारको लाग्न सक्छ । किनभने ट्वाइलेटसँग हाम्रो खास सरोकार रहन्न ।

जब हामी स्वास्थ्यको कुरा गर्छौं, सरसफाईको कुरा गर्छौं, सजावटको कुरा गर्छौं घर, बगैंचा, सयनकक्ष, बैठक कक्ष, भान्साको ख्याल राख्छौं । स्वास्थ्यको कुरामा त भान्सा अभिन्न रुपमा जोडिने नै भयो । जब खानपानदेखि सरसफाईको कुरा आउँछ, हामी भान्साको विषयमा प्रवेश गर्छौं ।

तर, ट्वाइलेट ?

ट्वाइलेट जस्तोसुकै भएपनि हामीलाई फरक पर्नेवाला छैन । किनभने जहाँ सौच क्रिया गरिन्छ, त्यसको के मतलब ? हामीलाई यस्तै लाग्छ ।

तर खाँट्टी कुरा, शारीरिक स्वास्थ्यका लागि भान्सा जति सफा हुनुपर्छ, उत्तिनै ट्वाइलेट पनि । विहान उठेर पानी पिउन हामीले जति ढंग पुर्‍याउनुपर्छ, उत्तिनै मल त्याग गर्दा पनि । यसर्थ शारीरिक स्वास्थ्यका लागि ट्वाइलेट महत्वपूर्ण छ । ट्वाइलेटको सरफाईमा ध्यान दिइएन भने त्यसको माध्यामबाट अनेकन रोग सयनकक्षदेखि भान्सासम्म प्रवेश गर्छ ।

ट्वाइलेटमा गरिने गल्ती

दैनिक जीवनमा हामी यस्ता धेरै गलत काम गछौ, जसको सिधा असर स्वास्थ्यमा पर्छ । यस्ता धेरै काम मध्य ट्वाइलेटमा गरिने गल्ती पनि एक हो । ट्वाइलेट जानु त राम्रो कुरा हो । तर ट्वाइलेट जाने क्रममा गरिने ससाना गल्तीले स्वास्थ्यमा कयौ प्रकारका समस्या निम्त्याउने गर्छ । यस्ता काम भूलवस गरेको नै किन नहोस् तर यसकै कारण गम्भीर समस्या निम्त्याउन सक्छ ।

ट्वाइलेट सिटमा धेरै बेर बस्नु

केही व्यक्ति ट्वाइलेटमा घण्टौ विताउने गर्छन् । जबकी ट्वाइलेटमा दश मिनेट भन्दा बढी समय बस्नाले पाइल्सको समस्या हुनसक्छ । विशेषज्ञका अनुसार यसले मांसपेशीको तल्लो भागमा दवाव पर्छ, जुन आफैमा पाइल्सको कारण हो ।

मोबाइलको प्रयोग गर्नु

आजकल मोबाइलको क्रेज यति धेरै छ कि मान्छेहरु बाथरुम जाँदा पनि मोबाइलको प्रयोग गर्छन् । जबकी ट्वाइलेटमा यस्ता कयौ किसिमका ससाना व्याक्टेरिया हुन्छन्, जो टाँसिएर बस्छन्, र हात धुदाँ पनि सफा हुदैन । र, त्यही व्याक्टेरिया जब मोबाइल हुँदै शरीरमा प्रवेश गर्छ, तब पेट दुख्ने, पेटको संक्रमण, फूड प्वाइजनिङ्ग जस्ता कयौ समस्या निम्तिने गर्छन् ।

बढी बल लगाउनु

कब्जियतको समस्या भएमा मानिसहरु ट्वाइलेटमा धेरै बेर बस्छन् । जबकी लामो समय ट्याइलेटमा बस्नु स्वास्थयको लागि घातक हुनसक्छ । किनक जब ट्वाइलेटमा बसेर पिसाब फेर्दा वा मल त्याग गर्दा जोर लगाइन्छ, तब सास तथा नसामा दवाव पैदा हुन्छ । जसले गर्दा स्वास्थ्य सम्बन्धि कयौ समस्या निम्तिन सक्छ । त्यसैल, कब्जियतको समस्या कम गर्न पनि विहान उठेर प्रशस्त मात्रामा पानीको सेवन गर्नु पर्छ ।

ट्वाइलेट क्लिनिङ प्रोडक्ट्सको प्रयोग

बाथरुमको सरसफाईका लागि मानिसहरु प्रायः व्लिचिङ्ग पाउडर तथा अन्य उच्च प्रोडक्ट्स प्रयोग गर्छन् । जबकी त्यस्ता प्रोडक्ट्समा यस्ता केमिकल्स हुने गर्छ, जो पानीले सफा गर्दा पनि जादैन ।जसले गर्दा छाला पोल्ने, छाला पाछिने, आँखा पोल्ने, सास फेर्नमा कठिनाई हुने लगायतका समस्या निम्तिने गर्छ ।

ट्वाईलेट पेपरको गलत प्रयोग

ट्वाईलेट पेपर प्रयोग गर्दा मानिसहरु जोड लगाउने गर्दछन् । जबकी ट्वाइलेट सफा गर्ने क्रममा ट्वाइलेट पेपरलाई जोडले प्रयोग गर्दा स्किन एलर्जी, स्किन र्‍यासेज लगायतका छाला सम्बन्धि विभिन्न समस्या निम्तने गर्छ । यसबाट बच्नका लागि ट्वाइलेटलाई हल्का हातले सफा गर्नु पर्दछ ।

ट्वाइलेट पेपर वा प्याड फ्लश गर्नु

कयौ मानिस ट्वाइलेट पेपर, टिस्यू , प्याड आदीको प्रयोग गरेपछि त्यसलाई बाथरुममा नै फ्लश गरिदिन्छन् । जबकी बाथरुमा त्यस्ता वस्तु फ्लश गर्दा बाथरुम जाम हुने, ड्रेनेज सिस्टम खराब हुने जस्ता समस्या निम्तिन सक्छ । जसका कारण व्याक्टेरियाको संक्रमण बढेर स्वास्थ्य सम्बन्धि कयौ समस्या निम्तिन सक्छ ।

मलको बेवास्ता गर्नु

मल त्याग गरेपछि मानिसहरुले आफ्नो मललाई हेर्न खासै उचित सम्झदैनन् । जबकी पाचन तन्त्र सही छ कि छैन भनेर जान्ने प्रभावकारी उपाय भनेकै मलको जाँच हो । त्यतिमात्र हैन,  उक्त मललाई हेरेर व्यक्तिलाई कुनै पाचन सम्बन्धि समस्या छ कि छैन भनेर थाहा पाउन सकिन्छ ।

ढक्कन खुल्ला छोड्नु

यो सानो गल्ती जोकोहीले गर्छन् । बाथरुम प्रयोग गरेपछि मानिसहरु सिटलाई प्राय खुल्लै छोडिदिन्छन् । जबकी बाथरुमको प्यानमा तैरिने खालका कयौ व्याक्टेरिया हुन्छन् । जुन बाहिर आएर कयौ रोगको कारण बन्न सक्छन् । त्यसैले प्रत्येक पटक बाथरुम प्रयोग गरेपछि सिटलाई ढक्कनले बन्द गर्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment