Comments Add Comment

तस्वीरमा प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल

५ मंसिर, काठमाडौं । प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा बुधबारदेखि सुरु भएको छ ।

भद्रकालीस्थित आर्मी मुख्यालयको मैदानमा प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश नम्बर एकलाई हराउँदै प्रदेश नम्बर सात क्वाटरफाइनलमा पुगेको छ ।

प्रतियोगितामा भारत सिक्किम र बिहारको टिमसहित विभागीय टिम नेपाल आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपाल पुलिस क्लब साथै सात प्रदेशका सात टिम गरेर १२ टिम सहभागी छन् ।

नकआउटका आधारमा खेलाइएको प्रतियोगितामा विजेता टिमले ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् । यसैगरी उपविजेताले १ लाख ५० हजार साथै तेस्रो र चौथो हुने टोलीले ५०/५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउने छिन् ।

हेर्नुहोस् तस्वीरहरु :

तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर

   

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment