Comments Add Comment

कुन मन्त्रालयको कति गरे पूँजीगत खर्च ?

५ मंसिर, काठमाडौं । विभिन्न ६ वटा मन्त्रालयले चालु आर्थिक वर्षको चार महिनामा गरेको बजेट खर्चको विवरण सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकमा भौतिक पूर्वाधार, उर्जा, सहरी विकास, कृषि, उद्योग मन्त्रालय र पुनर्निर्माण प्राधिकरणले बजेट खर्चको विवरण प्रधानमन्त्री केपी शर्मा ओलीको सामू प्रस्तुत गरेका हुन् । ती ६ वटै निकायके बजेट खर्चको अवस्था भने लक्ष्यभन्दा ज्यादै न्युन रहेको छ ।

भवन निर्माणतर्फ

भवन निर्माण शीर्षकमा शहरी विकास मन्त्रालयले १३ प्रतिशत खर्च गरेको छ भने, उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालयले ७ प्रतिशत खर्च गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले समान ६/६ प्रतिशत रकम खर्च गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सबैभन्दा कम ५ प्रतिशत खर्च गरेको छ ।

उक्त कार्यक्रममा प्रस्तुत विवरणअनुसार भवन निमार्णतर्फ शहरी विकास मन्त्रालयले ९ करोड १० लाख रकम प्राप्त गरेको थियो । त्यसमध्ये पहिलो चौमासिकमा ५२ लाख खर्च गरेको छ । उर्जा मन्त्रालयले पाँच हजार पाँच करोड ९१ लाख प्राप्त गरेकोमा तीन करोड ९३ लाख रुपैयाँ खर्च गरेको छ ।

सञ्चार मन्त्रालयले १७ करोड प्राप्त गरेकोमा ८४ लाख खर्च गरेको छ । कृषि मन्त्रालयले १ अर्ब ३६ करोड २८ लाख रुपैयाँ बजेट पाएकोमा ८ करोड १९ लाख खर्च गरेको छ । उद्योग मन्त्रालयले २९ करोड प्राप्त गरेकोमा १ करोड ७३ लाख खर्च गरेको छ ।

मेसिनरी औजारतर्फ

यो शीर्षकमा उद्योग मन्त्रालयले प्राप्त बजेटको सबैभन्दा बढी १६ प्रतिशत खर्च गर्न सफल भएको उल्लेख छ । सञ्चार मन्त्रालय र कृषि मन्त्रालयले समान ५÷५ प्रतिशत पुँजीगत खर्च गरेको उल्लेख छ । भौतिक पूर्वाधार मन्त्रालय र सञ्चार मन्त्रालयले समान ३/३ प्रतिशत र शहरी विकास मन्त्रालयको मेसिनरीतर्फको पुँजीगत बजेट एक प्रतिशत मात्रै खर्च भएको छ ।

सार्वजनिक निमार्णतर्फ

सार्वजनिक निमार्णतर्फ उर्जा मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयले पहिलो चौमासिकमा प्राप्त बजेटको १५/१५ प्रतिशत खर्च गरेका छन् ।

शहरी विकास मन्त्रालयले ९ प्रतिशत खर्च गरेको छ भने, उद्योग मन्त्रालयले ६ प्रतिशत खर्च गरेअर्थात प्राप्त कुल बजेटको ४ प्रतिशत मात्रै खर्च गरेको छ ।

समीक्षात्मक वैठकको अनत्यमा प्रधानमन्त्री ओलीले ६ वटै मन्त्रालयको पुँजीगत खर्चको स्थिति सन्तोषजनक नरहेको भन्दै दोस्रो चौमासिकसम्ममा शतप्रतिशत नतिजा निकाल्ने गरी काम गर्न निर्देशन दिएका अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

अर्थमन्त्री खतिवडाका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार र मंसिर ८ गते गरी दुई चरणमा अन्य मन्त्रालयको चौमासिक प्रगतिको समीक्षा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment