+
+

समर्पण ध्यानका प्रणेता शिवकृपानन्दको काठमाडौंमा ध्यान शिविर

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ६ गते ७:०५

हामी किन दुखी हुन्छौं ? हामीमा किन गुनासो रहन्छ ? यसको सरल जवाफ हो, अपेक्षा ।

जब हामी अरुप्रति अपेक्षा गर्छौं, दुखको मूल त्यही हो । चाहे श्रीमान्-श्रीमतीबीचमा होस्, चाहे पारिवारिक सदस्यबीमा होस्, चाहे छिमेकीमा होस्, एकअर्कामाथि गरिने अपेक्षाले अन्ततः हामीलाई दुख दिन्छ । आध्यात्मिक गुरु शिव कृपानन्दन यसै भन्छन् ।

उनको बुझाईमा ‘अपेक्षा नै दुखको जग हो ।’ सुखी र सार्थक जीवन बाँच्नका लागि अपेक्षारहित हुनुपर्ने गुरु शिवकृपानन्दको भनाई छ । उनले अपेक्षारहित ध्यान विधीमा अभ्यस्त गराइरहेका छन् । उनले यो विधीलाई समर्पण ध्यान भनेका छन् । यो ध्यान विधी हरेक बिहान आधा घण्टा बस्नुपर्छ, अपेक्षारहित ।

अपेक्षा त्याग गरेपछि सम्पूर्ण सुख र खुसीको स्रोत भेटिन्छ भन्ने गुरु शिवाकृपानन्दको बुझाई छ ।

उनै गुरुको नेपाल साइनो घतलाग्दो छ । उनले सर्मपण ध्यान विधी नेपालबाटै प्राप्त गरेको बताउने गरेका छन् । अतः नेपालमै यसलाई फैलाउने यत्नमा छन् ।

यतिबेला गुरु शिवकृपानन्द नेपालमा छन् । उनको यात्राको शीर्षक छ, ‘अन्र्तमनको शान्तियात्रा ।’ यस अन्र्तगत गुरुले गैरधार्मिक ध्यान शिविर आयोजना गर्दैछ, काठमाडौंको टुँडिखेलमा । कार्यक्रम मंसीर ७ गतेदेखि तीन दिनसम्म चल्नेछ । ‘नेपाली आत्माहरुको आत्मिक शुद्धिकरणका लागि’ भन्दै उनी ध्यान शिविरका लागि नेपाल आएका हुन् । गुरु शिव कृपानन्द सरल, अद्वितिय ध्यान र आध्यात्मिक ज्ञान समर्पण ध्यानका प्रणेता मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?