Comments Add Comment

क्यूएफएक्समा किन लागेन आकाश र आश्माको ‘ड्रिम गर्ल’ ?

आजबाट देशभरका हलमा चलचित्र ‘ड्रिम गर्ल’ रिलिज भएको छ । तर, यो चलचित्र देशकै सबैभन्दा धेरै हल भएको क्यूएफएक्समा भने लागेन । न कुनै ठूलो हिन्दी चलचित्र, न कुनै ठूलो अंग्रेजी चलचित्र, न त नेपाली चलचित्र नै । तर, पनि यो चलचित्र हलमा लागेन ।

क्यूएफएक्समा यो चलचित्र नलाग्नुको बिषयमा यसका निर्देशक ऋषिराज आचार्य पनि अनविज्ञ छन् । चलचित्र बनाउन निर्माताले लाखौ रकम खर्च गरे भने रिलिजको समयमा हलवालाहरुले विभिन्न वहानामा चलचित्र नलगाइदिदा निर्माता समस्यामा पर्ने गरेका छन् । हलवालाहरुको मनपरी नेपाली चलचित्रका लागि लामो समयदेखि चल्दै आएको छ ।

यो चलचित्रमा आकाश श्रेष्ठ, आश्मा गिरीको मुख्य भूमिका छ । प्रेमका लागि हुने त्याग र तपस्याको कथामा चलचित्र बनेको छ । यो चलचित्रलाई डीसीएनले वितरण गरेका हो । वुझिएअनुसार, डीसीएनका प्रमुख अशोक शर्मा र क्यूएफएक्स विचको चिसो सम्बन्धले गर्दा ‘ड्रिम गर्ल’ समस्यामा परेको हो । चलचित्र ‘जय भोले’ रिलिजको समयमा अशोकले क्यूएफएक्सलाई पेल्न खोजेको वुझाई यसका संचालकहरुको छ ।

आकाश र आश्मासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यसैले पनि डीसीएनले वितरण गरेका चलचित्र नलगाउन धेरै हलहरुले आन्तरिक रुपमा तयारी गरेका छन् । कतिपय हलमा भने ‘जय भोले’ नलगाएर ‘छक्का पन्जा ३’ लगाएको भन्दै डीसीएनले आफूले वितरण गरेका चलचित्र नदिने बताएको वुझिएको छ । यही मारमा आजबाट रिलिज भएको चलचित्र ‘ड्रिम गर्ल’ पनि परेको छ ।

काठमाण्डौ बाहिर पनि धेरै हलमा डीसीएनले यो चलचित्र नदिएपछि यसका निर्मातालाई हल संचालकहरुले सोझै फोन गरेर चलचित्र मागेको वुझिएको छ ।

चलचित्रमा जति मिहिनेत र रकम खर्च गरेपनि रिलिजको समयमा तारतम्य मिलेन भने त्यो चलचित्र बनाउनुको अर्थ रहँदैन । तर, नेपालमा वितरक र हलवालाहरुको तरिकाले निर्माता चल्नुपर्ने वाध्यता छ ।

 

दर्शककी ‘ड्रिम गर्ल’ आश्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment