Comments Add Comment

पाहुनाकै अगाडि दिपिका र रणवीरको रोमान्टिक मुड

नयाँ जोगीले धेरै खरानी घस्छ भन्ने उखान सुन्नुभएकै होला । नयाँ विवाहित जोडीको हकमा यो उखान ठ्याक्कै मेल खान्छ । सन्दर्भ बलिउड अभिनेत्री दिपिका पादुकोण र अभिनेता रणवीर सिंहको हो । उनीहरु हालै इटलीमा विवाह गरेर भारत फर्किए । बुधबार बैंगलोरमा उनीहरुले बिहेको पार्टी दिएका थिए, जहाँ सयौंको संख्यामा अतिथीहरु निम्त्याइएको थियो । यो भिडभाडमा पनि रणवीर र दिपिका भने एक–अर्कामै हराइरहेका देखिन्थे । उनीहरुको रोमान्टिक मुद्रा हेर्दा यस्तो लाग्थ्यो मानौं पार्टीमा नभएर पार्कमा छन् ।

दिपिकाको अनुहारबाट रणवीरको आँखा हटेकै थिएन, मानौं पहिलोचोटि देखेका हुन् । दिपिका पनि रणवीरलाई हेर्दै लजाइरहेकी थिइन् मानौं, यो उनीहरुको पहिलो डेट हो । उनीहरु बारम्बार एक–अर्काको हात समाइरहेका थिए, मानौं फुत्किएर भाग्ने डर छ । एकचोटि त रणवीर दिपिकाको सारीसमेत स्याहार्दै थिए ।

नयाँ जोडी भएकाले उनीहरुले एक–अर्कालाई अति मन पराएको र माया गरेको अरुलाई देखाउन खोजेको हुन सक्छ । तर उनीहरुको यो शैलीलाई पाहुनाहरुले त्यति रुचाइरहेका भने थिएनन् ।

पार्टीमा दुवैको पहिरन हेर्दा कुनै राजघरानाको दुलाहा दुलही जस्ता देखिन्थे । दिपिकाले आमाले दिएको गोल्डेन रंगको साडी लगाएकी थिइन् । उनको सिउँदोमा लामो सिन्दुर थियो भने कपाल च्याप्प पारेर कोरेकी थिइन् । रणवीरले ब्ल्याक गोल्डेन सेरवानी लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment