+
+

लाइसेन्सको आवेदन दिन समस्या, अनलाइन प्रणालीले काम गरेन

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ७ गते १५:०४

७ मंसिर, काठमाडौं । शुक्रबारदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुला गरे पनि सर्वसाधारणले आवेदन दिन नमिलेर हैरान भएका छन् ।

यातायात व्यवस्था विभागको अनलाइन प्रणालीले काम नगर्दा सर्वसाधारणले आवेदन नै दिन सकेका छैनन् । विहान १० बजेदेखि नै अनलाइनमार्फत आवेदन दिन सक्ने भनिए पनि विभागको अनलाइन प्रणाली नै चलेको छैन ।

झण्डै एक महिना बन्द भएकाले सवारी चालक अनुमतिपत्र लिन धेरै सर्वसाधारण प्रतीक्षामा थिए । यातायात व्यवस्था विभागका एक प्राविधिकले भने धेरै मानिसले एकैपटक आवेदनको प्रयास गरेकाले अनलाइन प्रणालीले लोड धान्न नसकेको बताए । ‘अहिले पनि केही रिक्वेस्टहरु आइरहेको छ, तर धेरै मानिसहरुले एकै पटक आवेदन गर्दा सिस्टमले काम नगरेको हो’ उनले भने ।

देशभरीको आवेदन एउटै सिष्टममा आउने भएकाले लोड धान्न नसकेको उनले बताए । ‘हामीले स्पेस थप्न लागिरहेका छौं’, उनले भने ‘यो समस्या आज बेलुकासम्म समाधान हुन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?