Comments Add Comment

भुकुटिमण्डपको ‘विल्डिंग एन्ड कन्स्ट्रक्सन एक्स्पो’मा अवलोकनकर्ताको भिड

७ मंसिर, काठमाडौं । भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा ‘विल्डिंग एन्ड कन्स्ट्रक्सन एक्स्पो’ मा अवलोकनकर्ताको भिड बढेको छ ।

विहिबारबाट शुरु भएको दोस्रो संस्करणको एक्स्पोमा विभिन्न निर्माण सामग्रीका नविनतम प्रविधि, उत्पादनहरु, पेन्टस्, सिमेन्ट, फर्निचर, पाइप एन्ड फिटिंग्स्का स्टलहरुमा घर निर्माण गर्न चाहने अवलोकनकर्ताको भिड छ ।

मेलामा निर्माण क्षेत्रमा भित्रिएका नविनतम प्रविधिहरु प्रदर्शनमा राखिएका छन् । मेलामा ल्याण्ड एण्ड हाउजिङ कम्पनी, पेन्ट्स्, इन्टेरियर डिजाइनर, सिमेन्ट उत्पादक, फर्निचर एण्ड फर्निसिङ, स्टिल, ईटा तथा मार्बल, विद्युतीय समग्री, बैंक तथा वित्तीय संस्था, बीमा, सौर्य ऊर्जालगायतको १ सयभन्दा बढी स्टल रहेका मुख्य आयोजक युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टरका अध्यक्ष आनन्द सुवेदीले जानकारी दिए ।

इन्जिनियर, आर्किटेक्ट, डिजाइनर, निर्माण व्यवसायी, निर्माण सामाग्री उत्पादक तथा बिक्रेता लगायत सबै सरोकारवाला पक्षलाई एकै ठाउँमा ल्याएर सुरक्षित र दिगो आवास निर्माणबारे सूचना दिने उद्दश्यले मेला आयोजना गरिएको मेलाको मुख्य आयोजक युथ कम्यनिटी फर नेप्लिज कन्ट्रयाक्टर्स (वाइसिएनसी) का अध्यक्ष आनन्द सुवेदी बताउँछन् ।

एक्स्पोमा उत्पादन सामग्रीका साथै सुरक्षित आवास निर्माण गर्ने तरिकाबारे अवलोकनकर्तालाई परामर्श समेत उपलब्ध गराइएको मेला सहआयोजक ब्राण्डवर्थ प्रालिका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले बताए ।

घर बनाउन चाहनेले निर्माणमा आवश्यक सम्पूर्ण वस्तु तथा सेवाबारे एक्स्पोबाट जानकारी पाउने गजुरेलको भनाइ छ । उनका अनुसार मेलामा दैनिक रुपमा सेमिनारसमेत आयोजना गरिनेछ । त्यसमा भवन निर्माणसग सम्बन्धित विज्ञहरुले कार्यपत्र प्रस्तुत हुनेछन् ।

मेला अवलोकनकर्ताको आवास तथा निर्माणसम्बन्धी कुनै जिज्ञासा भए सम्बन्धित विज्ञलेसम्बोधन गर्ने गरी प्रश्नउत्तरको समेत व्यवस्था गरिएको उनले बताए । मेलामा मंसिर ७ गते हरित निर्माण र मंसिर ८ गते निर्माणको गुणस्तर र उत्कृष्ट अभ्यासबारे दिउसो १ बजेदेखि डेढ घन्टा प्राविधिक छलफलको कार्यक्रम छ ।

मेलामा विभिन्न निर्माण सामग्री उत्पादक कम्पनीहरुले विशेष छुटको ब्यवस्था गरेका छन् । विन्दु हार्डवेयरले एउटा सामान किन्दा एउटा सित्तैमा दिने अफर ल्याएको छ । एउटामात्र सामान किन्दा पनि ग्राहकले २० देखि ५० प्रतिशतसम्म छुट पाउने छन् ।

नेपाल भूकम्पीय जोखिमयुक्त क्षेमा रहेको छ । त्यसैले सुरक्षित आवास निर्माणबारे सचेतता अपनाउनु आवश्यक छ । यसका साथै नेपालको विशिष्ट भौगोलिक अवस्थितीका कारण उत्पन्न हुनसक्ने प्राकृतिक जोखिमप्रति यथोचित ध्यान पुर्‍याई दिगो निर्माणको बाटोमा लाग्नु अपरिहार्य भएको छ ।

यसप्रति आममानिस पनि निकै सचेत देखिन थालेका छन् । यस्तो मेलाले फरक भौगोलिक अवस्थितिमा भौतिक निर्माणका लागि आवश्यक फरक प्रविधि, सिप र निर्माण सामाग्रीबारे सही सूचना एवं जानकारी दिन मद्दत पुर्याउने आयोजकको अपेक्षा छ ।

युथ कम्युनिटी फर नेप्लिज कन्ट्याक्टर्स (वाइसिएनसी) को मुख्य आयोजनामा भएको मेलाको सहआयोजकमा नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट, सोसाइटी अफ कन्सल्टिंङ आर्किटेक्चरल एन्ड इन्जिनियरिंग र्फम र ब्राण्डवर्थ प्राली रहेका छन् ।

मेलाको मुख्य प्रायोजक अर्घाखाँची सिमेन्ट, पेन्ट्स् पार्टनर बर्जर पेन्ट्स् र प्रायोजक क्षमादेवी बिल्डिङ् मेटेरियल्स् रहेका छन् । मेलालाई निर्माण व्यवसायीको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले सहयोग गरेको छ ।

मंसिर ६ गतेदेखि ४ दिनसम्म दैनिक बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मेलाको अवलोकन गर्न सकिनेछ । मेलास्थलमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । मेलाको २ लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान आयोजकको छ । मेला मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ ।

फाेटाेहरूः शंकर गिरी/अनलाइनखबर

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment