Comments Add Comment

सीआईएले बिन सलमानलाई दोषी देखाएको छैन : ट्रम्प

७ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि पत्रकार जमाल खाशोज्जीको हत्या गर्न साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले आदेश दिएको निष्कर्ष अमेरिकी गुप्तचर एजेन्सी (सीआईए) ले निकालेको छैन ।

खाशोज्जीको २ अक्टोबरमा टर्कीको स्थानलुबस्थित साउदीको वाणिज्य दूताबासमा हत्या भएको थियो ।

अमेरिकी अधिकारीहरुले यस्तो अपरेशनका लागि क्राउन प्रिन्सको अनुमति चाहिने बताउँदै आएका थिए । तर, साउदी अरबले खाशोज्जीको हत्यामा सलमानको आदेश नभएको दाबी गर्दै आएको छ । पछिल्लो पटक सीआईएले पनि साउदीका क्राउन प्रिन्सको आदेशमै पत्रकार खाशोज्जीको हत्या भएको निष्कर्ष निकालेको खबर आएको थियो ।

तर, राष्ट्रपति ट्रम्पले भने, ‘उनीहरुले निश्कर्ष निकालेका छैनन् ।’

खाशोज्जीको हत्याका तमाम प्रश्न एमबीए उपनामले परिचित साउदी अरबका क्राउन प्रिन्सतिरै सोझिएको छ ।

यो घटनापछि उनी पहिलो पटक मध्यपूर्वको भ्रमणमा निस्किएका छन् । उनी यो महिनाको अन्त्यमा हुने जी–२० मिटिङमा समेत सहभागी हुने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment