Comments Add Comment

वाइडबढी खरिद प्रकरण : छानबिन गर्न प्रकाशमानको नेतृत्वमा उपसमिति गठन

७ मंसिर, काठमाडौं । नेपाल वायु सेवा निगमले भित्र्याएको वाइडबडी विमान खरिद प्रकरणबारे छानपिन गर्न संसदीय उपसमिति गठन भएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पर्यटनमन्त्री रवीन्द्र अधिकारी, वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारसँग छलफलपछि प्रकाशमान सिंहको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरिएको हो ।

उपसमितिमा सत्तारुढ नेकपाका सांसद नारदमुनि राना र संघीय समाजवादी फोरमकी सांसद रेनुका गुरूङ सदस्य छन् । उपससमितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

शुक्रबारको बैठकमा सांसदहरुले निगमले ल्याएको वाइडबडीको स्वामित्व कोसँग रहेको भन्ने प्रश्न उठाएका थिए । विमान किनेर ल्याइएको हो वा भाडामा ल्याइएको हो भन्ने विषयमा प्रष्ट हुन नसकेको भन्दै सांसदहरुले उपसमिति गठन गरी छानविन हुनुपर्ने माग गरेका थिए ।

बैठकमा मन्त्री र निगमका अधिकारीहरुले संसदीय समितिले गर्ने छानबिनमा सहयोग गर्ने आश्वासन दिएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सचिव कृष्णप्रसाद देवकोटाले छानविनमा असहयोग गर्ने कर्मचारीलाई प्रशासनिक कारबाही गर्ने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment