+
+

गृहमन्त्री बादल र अमेरिकी राजदूतबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ७ गते १७:०३

७ मंसिर, काठमाडौं । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍याण्डी बेरीले शुक्रबार शिष्टाचार भेटवार्ता गरेका छन् ।

गृहमन्त्रालयमा भएको भेटमा नेपाल-अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपालको राजदूतको रुपमा कार्यभार सम्हालेकोमा राजदूत बेरीलाई बधाई दिँदै उनको कार्यकालमा नेपाल-अमेरिका सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्दै कार्यकाल सफलताको शुभकामना दिए ।

उनले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालिम र भौतिक संरचना निर्माणलगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरे ।

भेटमा राजदूत बेरीले नेपाल र अमेरीकाको सम्बन्धको चर्चा गर्दै यो सम्बन्धलाई थप मजबुत बनाउन आफ्नो कार्यकालमा सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले मानव तस्करी नियन्त्रण, भुटानी शरणार्थी, तिब्बती शरणार्थीको व्यवस्थापन लगायतका विषयमा चाँसो राख्नुका साथै नेपाल आउने अमेरिकी पर्यटकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरावलोकन हुनुपर्ने विषय उठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?