Comments Add Comment

भ्याली पब्लिक र एचएचसीएलाई उपाधि

काठमाडौं । भ्याली पब्लिक कप १३ औं अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आयोजक भ्याली पब्लिक ‘ए’ र एचएचसीएले जितेका छन् ।

सिनियर छात्रको फाइनल खेलमा भ्याली पब्लिक ‘ए’ ले ड्याफोडिलमाथी ४७-४४ स्कोरको रोमाञ्चक जित निकाल्यो । सिनियर छात्राको फाइनल खेलमा एचएचसीएले ग्रिनल्याण्डलाई ३०-२६ को स्कोरले हराउदै उपाधि चुम्यो ।

भ्याली पब्लकको जितका लागि राहुल बिकले सर्वाधिक १८ स्कोर गरे भने एचएचसीएको जितमा अनिता सुनुवारले सर्वाधिक १० स्कोर गरेकी थिइन् । एचएचसीएकी अनिता सुनुवारनै छात्रातर्फको मस्ट भ्यालुएवल प्लेयर चुनिइन् ।

भ्याली पब्लिकका सुन्दर तामाङले छात्रतर्फको मस्ट भ्यालुएवल प्लेयरको उपाधि जिते । प्रतियोगितामा छात्रातर्फ भद्रकालीकी सिमरन महर्जन तथा छात्रतर्फ ग्रीनल्याण्डका राजु आलेमगर हाईस्कोरर भए ।

प्रतियोगितामा उत्कृष्ट थ्रीपईन्टरमा छात्रातर्फ ग्रीनल्याण्डकी प्रमिला जागरी र छात्रतर्फ ड्याफोडिलका प्राशान्त तामाङ भए । तेश्रो स्थानका लागि भएको खेलमा छात्रातर्फ भद्रकालीले टिआईएलाई २३-१३ र छात्रतर्फ ग्रीनल्याण्डले आयोजक भ्यालीपब्लिक बि ३९-३० को स्कोर हराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment