Comments Add Comment

पार्कमा दौडनु ठिक कि ट्रेडमिलमा ?

दौडनु स्वास्थ्यका लागि राम्रो हो । दौडदा रक्तप्रवाह राम्ररी सूचारु हुन्छ । फोक्सो, मुटु लगायतका भित्री अंगहरुको कार्यसंचालन चुस्त हुन्छ ।

तर, अहिले शहरी क्षेत्रमा दौडनका लागि खुला स्थानको अभाव छ । पार्कहरु साँघुरिदै गएका छन् । यस्तो अवस्थामा सजिलो के छ भने, ट्रेडमिल । यो घरभित्र, अझ कोठाभित्रै राखिन्छ र दौडनका लागि प्रयोग गरिन्छ ।

अब प्रश्न उठ्छ, ट्रेडमिलमा दौडनु र पार्कमा दौडनु उस्तै हो ? दुबैबाट उस्तै किसिमको नतिजा हासिल हुन्छ ?

कहाँ दौडनु राम्रो ?

पार्कको वातावरण स्वच्छ र ताजा हावा पाइन्छ भने दौडनाका लागि पार्क भन्दा राम्रो विकल्प अरु नहुनसक्छ । किनकी खुला हावा अक्सिजनको मात्रा बढी हुन्छ । अझ उक्त पार्कमा रुख विरुवा धेरै छ भने विहानीपख उक्त पार्कमा गएर कम्तीमा आधा घण्टा दौडे मात्र पनि स्वास्थ्यलाई प्रत्यक्ष लाभ मिल्छ । र, शरीरमा रक्तसञ्चार प्रभावकारी ढङ्गले हुन्छ ।

तर आजकल शहरी क्षेत्रमा जुन किसिमले प्रदुषण बढिरहेको छ, त्यसलाई मध्यनजर गर्ने हो भने खुला हावामा सास फेर्नु कुनै खतरा भन्दा कम छैन ।

विशेषगरी, कारखाना, फ्याक्ट्री तथा प्रदुषित ठाउँ वरिपरि बस्ने मानिसको हकमा पार्कमा दौडनु स्वास्थ्यका लागि खासै राम्रो मानिदैन । किनकी हावा पाइने पी एम २.५ भन्दा साना धुलाका कण स्वासनली हुँदै सिधै फोक्सोमा पुग्छ । र, श्वास प्रस्वार सम्बन्धि विभिन्न समस्या निम्त्याउनुका साथै फोक्सोको क्यान्सर गराउन सक्छ ।

अझ चिसो मौसममा हावामा धुलोका कण तैरिएर बस्ने हुदाँ कम्तीमा चिसो मौसममा त पार्कमा नदौडिनकै लागि चिकित्सकहरु सल्लाह दिने गर्छन् ।

यसको तुलनामा ट्रेडमिलमा दौडनु केहीका लागि फाइदाजनक हुनसक्छ ।

ट्रेडमिलमा दौडनुको फाइदा

एक त ट्रेडमिलमा दौडनु सजिलो पनि हुन्छ । फेरी ट्रेडमिल घरैमा बसेर पनि प्रयोग गर्न सकिने हुदाँ बाहिरी चिसो तथा वषर्ातले पनि दौडनमा कुनै अवरोध उत्पन्न गर्दैन । त्यस्तै, धुलो , धुवाँ, प्रदुषणले निम्त्याउन सक्ने स्वास्थ्य सम्बन्धि जोखिमबाट पनि बच्न सकिन्छ । यसबाहके, गर्मी मौसम ताथ प्रतिकुल मौसममा पार्कमा दौडन सम्भव नहुन सक्छ । त्यस्तो अवस्थामा टे्रडमिल एक राम्रो विकल्प हुनसक्छ ।

त्यो भन्दा नि ठूलो बाहिर पार्कमा दौडदा मानव शरीरले जति अक्सिजन खपत गर्छ, ट्रेडमिलमा दौडना पनि उत्तिनै अक्सिजन खपत हुने भएकोले ट्रेडमिलमा दौडनु पनि बाहिर दौडनु जत्तिकै प्रभावकारी हुन्छ ।

त्यसरी दौडदा शरीरले अक्सिजन त प्राप्त गर्छ । तर पार्कमा पाइने जस्तो ताजा हावाबाट बञ्जित गराउँछ । फेरी पार्कमा दौडँदा हामी जतिधेरै कुदन् सक्छौ, ट्रेडमिलमा सक्दैनौ ।

ट्रेडमिलमा थोरै कुद्दा पनि धेरैलाई थकान महसुस हुनुका साथै अल्छी लाग्न थाल्छ । विशेषगरी, एकै ठाउँमा एकै गतिमा दौडिराख्दा कयौ पटक अल्छी लागेर मानिसले दौडनै छोडेको उदाहरणहरु पनि प्रशस्तै छन् । यसको ठिक विपरित पार्कमा दौडदा स्वच्छ एवं ताजा हावा प्राप्त गर्नुका साथै विभिन्न मानिसकेा चर्तिकला हेर्न पाइन्छ । साथै, सामाजिक मेलमिलाप कायम रहन्छ । विभिन्न व्यक्तिहरुसित कुराकानी हुन्छ, जसले गर्दा दौडेको पनि खासै महसुस हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment