Comments Add Comment

‘समर लभ’को टिजरमा रेवती र आशिषको प्रेम

नाइटिङ्गल इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको चलचित्र ‘समर लभ’को टिजर सार्वजनिक भएको छ । माघ २५ गतेलाई प्रदर्शन मिति तोकिएको यो चलचित्रलाई मुस्कान ढकालले निर्देशन गरेका हुन् । सुविन भट्टराइको चर्चित उपन्यास ‘समर लभ’मा आधारित रहेर यो चलचित्र तयार पारिएको छ ।

चलचित्रमा सुरज सिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा पुष्पन प्रधानको शब्द तथा संगीत, सामिप्यराज तिमिल्सिनाको पटकथा, सुविन भट्टराइको कथा छ ।

चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन, मानकृष्ण महर्जनको छायांकन, संजय लामाको डीओपी(डिरेक्टर अफ फोटोग्राफी) छ । चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानी छ । चलचित्रको टिजर निकै आकर्षक छ । यो टिजरले चलचित्रप्रतिको दर्शकको उत्सुकता अझै बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment