Comments Add Comment

आमा बनिन् यूना

‘पर्खी बसे’ चलचित्रबाट नेपाली रजतपटमा भित्रिएकी नायिका यूना उप्रेती अहिले अमेरिकामा छिन् । अमेरिकामा पुगेर उतै घरजम गरेकी यूना आमा बनेकी छिन् । उनले नोभेम्बर २१ तारिखमा छोरीलाई जन्म दिएकी हुन् । छोरीको नाम साइरा राखिएको उनले उल्लेख गरेकी छिन् ।

यूना उप्रेतीले दर्जन बढी चलचित्रमा अभिनय गरेकी थिइन् । तर, उनी एक कार्यक्रमको सिलसिलामा अमेरिका पुगिन् र उतै बसेकी थिइन् । अमेरिकामा रहेका विकास अधिकारीसँग बिहे गरेर उनी उतै बसेकी थिइन् ।

नेपाली चलचित्रमा निरन्तर लागेपनि ‘पर्खी बसे’ पछि उनको कुनै पनि चलचित्र हिट हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment