९ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार र डा गोविन्द केसीबीच पछिल्लो पटक सम्पन्न सम्झौता सकारात्मक रुपमा अघि बढ्ने बताएका छन् ।
शिक्षा तथा स्वास्थ्य उपसमितिको आइतबार बसेको बसेको बैठकमा बोल्ने अधिकांश सांसदले सरकार र डा केसीबीचको सम्झौता अक्षरशः लागू हुने या नहुने भन्नेबारे प्रष्ट पार्न मन्त्रीकोध्यानार्कषण गरेका थिए ।
मन्त्री पोखरेलले डा केसीसँगको सम्झौता कार्यान्वयन हुन्न भन्ने नकारात्मक हल्लाको पछाडि नलाग्न सांसदहरुलाई आग्रह थगरे ।
सरकार र डा केसीबीच साउन १० गतेमा नौँ बुँदे सम्झौता भएको थियो । समझदारीअनुसार १० वर्षसम्म काठमाडौँमा नयाँ मेडिकल कलेज स्थापना गर्न नपाइने लगायत छन् ।
राष्ट्रिय चिकित्सा विधेयक २०७५ का सम्बन्धमा अहिले सम्बन्धित समिति तथा उपसमितिमा दफाबार छलफल भइरहेको छ ।
आइतबार विधेयकको दफा १६ सम्मको छलफल सम्पन्न भएको छ । उपसमितिको अर्को बैठक भोलि सोमबार ११ बजे सिंहदरबारमा बस्नेछ ।
प्रतिक्रिया 4