Comments Add Comment

बच्चालाई प्याकेटको दुधः हुनसक्छ ‘डेभलोपमेन्ट डिसअर्डर’को समस्या

आमाको दुध शिशुको लागि समग्र पोषण हो । भनिन्छ नि, आमाको दुध अमृतसमान हुन्छ ।

नियमित रुपमा, सही ढंगले आमाको दूध सेवन गराउँदा शिशुको शारीरिक तथा मानसिक विकास समुचित ढंगले हुन पाउँछ । रोगप्रतिरोधात्मक क्षमता बढ्छ । सानोतिनो रोग लाग्दैन ।

तर, अहिलेका आमाबुवा व्यस्त छन् । छोराछोरीलाई दुध चुसाउने समय पनि कतिसँग नहोला । समय भएर पनि झन्झट मान्ने वा असहज मान्ने आमा पनि होलान् । कतिपयलाई व्यवहारिक रुपले स्तनपान गराउन समस्या होला ।

अब उनीहरु के गर्छन् ?

बजारमा पाइने प्याकेटको दुधमा भर पर्छन् । किनभने थरीथरीका ब्रान्डका तयारी दुध बजारमा पाइन्छ । किन्यो । उमाल्यो । बच्चालाई दियो । कति सजिलो ?

तर, यही सजिलो कामले भोलिका दिनमा जटिलता निम्त्याउन सक्छ । किनभने प्याकेटको दुध बच्चाका लागि निकै हानिकारक हुने बताइएको छ । खासगरी नवजात वा कम उमेरका शिशुका लागि मिसावटयुक्त प्याकेट बन्द दूधले कलेजो, मिर्गौला तथा दिमाग जस्ता अंगमा गम्भीर असर पर्ने गर्छ । र, ‘डेभलभमेन्ट डिस्अर्डर’ हुनसक्छ ।

भारतमा गरिएको एक अध्ययनबाट यस्तै देखिएको छ । भारतीय खाद्य संरक्षण तथा मानव प्राधिकरणले गरैको एक अध्ययनबाट प्राप्त नतिजा अनुसार भारतमा बिक्री हुने करिब दश प्रतिशत दूध स्वास्थ्यका लागि हानीकारक छ । किनकी यस दश प्रतिशतमध्ये पनि चालीस प्रतिशतमात्र दुध हुन्छ, जसलाई हामी खानामा प्रयोग गर्छौं ।

यो दश प्रतिशत पनि दूषित दुध हो, जसलाई धेरै देखाउन उत्पादनकर्ताहरुले यूरिया, भेजिटेबर आयल, ग्लूकोज वा अमोनियम सल्फेट इत्यादी मिसाएका हुन्छ ।

भारतमा जुन किसिमको दुध विक्री-वितरण हुन्छ, खुला सिमान तथा व्यापार प्रवर्द्धनका कारण त्यही दुध नेपालमा पनि अत्याधिक मात्रामा खपत हुने गर्छ । अझ भनौ, हामी त्यही दुध शिशुलाई खुवाउँछु, जुन भारतमा प्रचलित हुन्छ । त्यसैले, यो विषयमा हामीले पनि उत्तिकै सर्तकताका साथ मनन गर्न जरुरी छ ।

भारतमा विक्री हुने दश प्रतिशत मिलावट युक्त दुधमा आखिर के कस्ता वस्तु मिलाईको हुन्छ ?

त्यस्ता मिसावटयुक्त दुधमा यूरिया, भेजिटेबर आयल, ग्लूकोज, अमोनियम सल्फेट देखि एन्टीबायोटिक्स, किटनाशक औषधी, एˆलाटक्सिन एम १ मिसाइएको हुन्छ ।

त्यस्ता दुधले बच्चाहरुलाई कतिसम्म असर गर्छ भन्ने कुरा दुधमा कति मिसावट छ भन्ने कुराले तय गर्छ । यदी दुधमा व्याक्टेरियाको कन्ट्यामिनेसन (मिसावट) धेरै छ भने त्यसले फूड प्वाइजनिङ्ग, पेट दुख्ने, पखाला, आन्दामा संक्रमण, टाइफाइड, उलटी, झाडापखाला जस्ता समस्या निम्त्याउने गर्छ ।

वयस्क मानिसलाई यस्ता दुधले मिर्गौलामा असर गर्न सक्छ । दिमागलाई पनि असर गर्न सक्छ । यदी यस्ता दुध लामो समयसम्म प्रयोग गरेमा यसले शरीरमा ‘स्लो प्वाइजन’ को रुपमा काम गर्छ र, यसले कलेजो, मिर्गौलालाई असर गरी मानिसको मृत्यु समेत हुनसक्छ ।

यद्यपी, दुधका कारण शरीरमा पर्ने असर तुरुन्तै देखिदैन, तर पनि यसले शरीरलाई सुक्ष्म रुपमा असर पारिरहेको हुन्छ । त्यतिमात्र हैन, यस्ता दुधमा कार्सिनोजेनिक तत्व समेत हुनसक्छ, जसले क्यान्सर जस्ता गम्भीर समस्या निम्त्याउने गर्छ ।

यसको मतलव के हो भने यदी लगातार दश वर्षसम्म हामी प्याकेटवाला दूधको सेवन गर्छौ, भने हामी क्यान्सर जस्ता रोगको उच्च जोखिममा रहन्छौ ।

तपाईले पिउने दुध कतै नक्कली त छैन ? यसरी थाहा पाउनुहोस्

शरीरलाई स्वास्थ्य र तन्दुरुस्त राख्न धेरैले नियमित जसो दुध पिउने गर्छन् । तर, दुध पिउनका लागि सबैले गाई पाल्न अनुकुल हुँदैन, संभव हुँदैन । त्यसैले अरु किसान, व्यापारी वा डेरीबाट दुध ल्याउने गरिन्छ । बजारमा तयारी दुध समेत पाइन्छ ।

हामीले स्वास्थ्य राम्रो बनाउन पिउने दुधले कतै स्वास्थ्यमा हानी पो पुर्‍याइरहेको छ कि ? स्वभाविक रुपमा आशंका गर्ने ठाँउ छ । किनभने पैसा कमाउने दाउमा कतिले शुद्ध दुधको मूल्यमा कमसल दुध विक्री गर्न सक्छन् ।

दुध खरिद गर्नेले वा दुध सेवन गर्नेले त्यसको शुद्धतामाथि खासै प्रश्न नउठाउने भएकाले पनि दुधमा मिसावट हुने संभावना बढी रहन्छ । यदि हामीले त्यस्ता अशुद्ध दुध सेवन गरिरहेका छौ भने त्यो हाम्रो स्वास्थ्यका लागि प्रत्युत्पादक हुन सक्छ । त्यसले स्वास्थ्यलाई उल्टो असर गरिरहेका हुनसक्छ ।

 

कस्तो दुध राम्रो ?

दुधको गुणस्तर गाई, गाईले सेवन गर्ने खानेकुरा, गाईको जात आदिमा निर्भर गर्छ । खासमा लोकल गाईको दुध बढी स्तरिय मानिन्छ । अझ खुला चरनमा छाडिने गाईको दुध शुद्ध हुनका साथै गुणस्तरिय हुन्छ ।

यद्यपी अहिले गाई गोठमा बाँधेर उन्नत जातका घाँसहरु ख्वाइन्छ, जसले धेरै भन्दा धेरै दुध दिन्छ । त्यस्तै दुध बढाउनकै लागि गाईलाई औषधीहरु दिइन्छ । त्यसैले अहिले बजारमा पाइने दुध हामीले सोचेजस्तो शुद्ध र गुणस्तरिय हुन्छ भन्ने छैन ।

अझ त्यसमा पानी मिसाएपछि दुधको गुण घट्ने नै भयो । दुधको मात्रा बढाउन प्रयोग गरिने विभिन्न अखाद्य तत्व, रसायनहरुले दुधलाई स्वास्थ्यवर्द्धक होइन, विषाक्त बनाउँछ । त्यसैले दुध सेवन गर्दा विशेष सावधानी अपनाउनु पर्छ ।

कसरी मिसावट एवं अशुद्ध हुन्छ ?

१. दुधका पानी मिसाउने संभावना त धेरै हुन्छ । अझ फोहोर वा दुषित पानी मिश्रण गरिएको छ भने त्यसले शरीरमा सोझो असर गर्छ ।

२. कतिले दुधमा युरिया जस्ता हानिकारक केमिकल पनि मिश्रण गर्छन् ।

३. सिन्थेटिक जस्ता रसायन समेत मिश्रण गरेर दुधको मात्रा बढाइन्छ ।

४. डिटर्जेन्ट तथा लुगा धुने साबुन समेत मिसाउने गरिएको छ ।

यसरी बन्छ नक्कली दुध

नक्कली दुध विक्री गर्नेले सिन्थेटिकको प्रयोग गर्न सक्छन् । सिन्थेटिक दुध बनाउनका लागि दुधमा थोरै युरिया हालेर हल्का आँचमा उमालिन्छ । त्यसमा कपडा धुने डिटर्जेन्ट पाउडर, सोडा स्टार्च, वासिङ पाउडर आदि मिलाइन्छ । त्यसलाई दुध जस्तै देखाउनका लागि केहि असली दुध पनि मिसाइन्छ ।

कसरी थाहा पाउने ?

१. दुध अस्वभाविक पहेंलो रंगको छ, स्वाद भिन्नै छ भने त्यसमा शंका गर्नुपर्छ ।

२. दुधको एक थोपा औलामा लिएर रगड्ने, यदि त्यसमा चिप्लो पदार्थ टासिएजस्तो हुन्छ भने त्यो दुध अशुद्ध हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment