Comments Add Comment

करेन्ट लागेर युवकको मृत्यु

१० मंसिर, पोखरा । पोखरामा विद्युतीय करेन्ट लागेर सोमबार एक युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका ३३ का ३३ वर्षका रमेश गर्बुजाको विजुली जडानको काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरा १४ बाच्छेबुडुवास्थित क्रसर उद्योगमा बिजुलीको तार मर्मत गर्ने क्रममा गर्बुजालाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । तर उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment