१० मंसिर, काठमाडौं । सर्वोच्च अदालतले सीके राउतको पेनड्राइभ झिकाउन आदेश दिएको छ । राज्यविरुद्धको अपराधको मुद्दाको अनुसन्धानका क्रममा रौतहटमा थुनामा रहेका राउतको पेनड्राइभ झिकाउन आदेश दिएको हो ।
सरकारी पक्षले राउतले राज्यविरुद्ध अपराध गरेको प्रमाण उनको पेनड्राइभमा रहेको बताएपछि अदालतले उक्त पेनड्राइभ दाखिला गर्न आदेश दिएको हो ।
सोमबार न्यायाधीशहरु चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको आदेशमा भनिएको छ ‘यसमा प्रस्तुत मुद्दाको प्रमाणको रुपमा उल्लेखित पेनड्राइभ दाखिला भएको नदेखिँदा उक्त पेनड्राइभ महान्यायाधिवक्ताको कार्यालयमार्फत अविलम्ब दाखिला गराई सो पेनड्राइभ हेर्ने समुचित व्यवस्थासमेत गरी मिति २०७५/८/१२ को पेशी तोकी उक्त दिन वन्दीलाई समेत उपस्थित गराई नियमानुसार गरी पेश गर्नू ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4