
१७ वैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई छुटाउन जनमत पार्टीका अध्यक्ष सीके राउतसहितका नेताहरू डिल्लीबजार पुगेका छन् ।
सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका उनलाई लगत्तै डिल्लीबजार कारागार लगिएको थियो ।
तर, उक्त पत्र अनधिकृत भएको पाइएसँगै सर्वोच्चले अर्को पत्र लेख्दै छाड्न भनेको थियो ।
सोही अनुसार उनलाई अहिले रिहा गर्न लागिएको हो । उक्त विषयमा सर्वोच्च प्रशासनले आन्तरिक छानबिन गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4