Comments Add Comment

अनमोलको स्पष्टिकरणः सारासँग भेट पनि भएको छैन, यो हल्लाले अचम्मित छु’

केही दिन यता नेपाली मिडियामा नायक अनमोल केसी र नायिका सारा सिर्पालीविचको प्रेम सम्बन्धको चर्चा चलिरहेको छ । साराले अनमोल आफ्नो साथी मात्र भएको र कहिलेकाही भेट हुने गरेको बताएकी छिन् । यो बिषयमा नायक अनमोल केसीले अहिलेसम्म मुख खोलेका थिएनन् । तर, पहिलो पटक अनलाइनखबरसँग कुरा गर्दै अनमोलले सारासँगको प्रेमको बिषयमा मुख खोलेका छन् । आखिर, के हो त अनमोल र साराको सम्बन्ध :

१. के हो तपाई र साराको सम्बन्धको कुरा ?
यो सबै हल्ला मात्र हो । यो कहाँबाट आयो मलाई थाहा छैन । हामी सामाजिक संजालमा मात्र साथी हौ । उसले चलचित्र ‘पिजडा ब्याक अगेन’मा मेरो ममीसँग काम गरेको रहेछ । त्यहीबाट मैले चिनेको थिएँ । म यहाँ मनाङमा छु, मलाई फ्यानहरुले समाचारको जानकारी गराएपछि मैले थाहा पाएँ । खै यो कसरी आयो मलाई थाहा नै छैन । म त अचम्मित छु ।

२. साराले तपाइसँग कहिलेकाही भेट हुन्छ भन्नुभएको छ ? के तपाइहरुविच भेटघाट पनि हुन्थ्यो ?
होइन, हाम्रो भेट भएको छैन अहिलेसम्म । सामाजिक संजालमा कहिलेकाही कुरा हुन्छ । मैले भेटेको छैन ।

३. तपाई उहाँको जन्मदिन मनाउन नगरकोट जानुभएको थियो भन्ने खबर पनि आएको छ, के हो त्यो ?
यो एकदमै गलत कुरा हो । हामी त्यती नजिक पनि छैनौ । यसैले जन्मदिन मनाउन खै कता गयो भन्ने कुरा गलत हो । यो सबै बनाबटी खबर हो भनेर भन्न चाहन्छु ।

४.अरु नायिकासँग तपाइको जस्तो सम्बन्ध छ, त्यस्तै सम्बन्ध सारासँग पनि हो ?
हरेक चलचित्रमा मेरो नायिकाहरुसँग नाम जोडेर समाचार आउँछ, त्यसलाई मैले सामान्य नै लिन्छु । तर, उहाँसँग त म चलचित्रमा पनि जोडिएको छैन । यसैले पनि यो खबर आउँदा अचम्मित छु ।

५. फ्यानहरु दोधारमा हुनुहुन्छ, के भन्नुहुन्छ ?
कुनै पनि कुराको प्रमाण नभइकन समाचारमा आयो भन्दैमा विश्वास नगर्नुहोला । यदि, सत्य कुरा नै हो भने त प्रमाण पनि हुन्थ्यो होला । सबैकुरा सत्य नै हुन्छ भन्ने मलाई लाग्दैन । तपाइहरु पनि यसमा विश्वास नगर्नुहोला ।

६. प्रेम नै गरेको भए त तपाइले खुलेरै भन्नुहुन्थ्यो होला नी होइन ?
पक्कै पनि प्रेम नै गरेको भए त लुकाउनु पर्ने कुरा के थियो र ? अहिले म मनाङमा भएकाले पनि यो कुरा स्पष्ट गर्न पाएको छैन । आशा छ, अनलाइनखबरसँगको यो कुराले सबै कुरा स्पष्ट हुनेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment