Comments Add Comment

अख्तियारलाई मन्त्री अधिकारीको आग्रह : विमान खरिदबारे छानबिन होस्

१२ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी विमान खरिदमा अनियमितता गर्नेमाथि सरकारले कडा कारबाही गर्ने बताएका छन् ।

साथै उनले विमान खरिद प्रकरणको गम्भीरतापूर्वक छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरे ।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री अधिकारीले नेपाल एयरलाइन्सलाई कम्जोर बनाउने नियतका साथ छानबिन भने नगर्न आग्रह गरे । विमान खरिद प्रक्रियामा आफ्नो संलग्नता नरहेको भन्दै उनले गलत गर्नेमाथि कडा कारबाही गर्न मन्त्रालय तयार रहेको बताए ।

मन्त्री अधिकारीले संसदीय समिति, अख्तियारलगायतको छानबिन प्रतिवेदन नआएसम्म धैर्य गर्न पनि सबैलाई आग्रह गरेका छन् ।

उनले आगामी मार्चभित्र वाइडबडी विमानलाई ‘फूल फेज’मा संचालन गर्ने योजना रहेको पनि सुनाए । ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन नयाँनयाँ गन्तव्यको खोजीलाई तीव्रता दिइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment