Comments Add Comment

क्रिस्चियन धर्मप्रचारकसँग सरकारको गठजोडः विश्व हिन्दु महासंघ

१२ मंसिर, काठमाडौं । विश्व हिन्दु महासंघले युनिभर्सल पिस फेडरेसन (युपिएफ) ले आयोजना गरेको सम्मेलनमा सरकार प्रत्यक्ष सहयोगी रहेको प्रति गम्भिर ध्यानकर्षण भएको जनाएको छ । महासंघले राजधानीमा बुधबार पत्रकार सम्मेलन गरेर धर्मान्तरण गर्न लागि परेको संस्थाको कार्यक्रममा सरकार सहयोगी रहेको भन्दै विरोध जनाएको हो ।

शुक्रबारबाट राजधानीमा शुरु हुने चार दिने एसिया प्यासिफिक समिटको सहआयोजबाट हटेको भनेर सरकारले जनताको आँखामा छारो हाल्ने काम मात्रै गरेको महासंघको धारणा छ । ‘नेपाल सरकार सहआयोजक हटेको भनेतापनि प्रधानमन्त्री लगायतका विभिन्न मन्त्रीहरूको संलग्नता र पूर्व निर्धारित कार्यक्रमहरू यथावत रहकाले सहआयोजकको भूमिकामा रहेको स्पष्ट छ’, महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महासंघद्वारा जारी विज्ञप्तिमा क्रिश्चियन धर्म प्रचार गर्ने संस्थाको गतिविधिले देशभित्रको वातावरण अशान्त बनाएको दाबी गरिएको छ ।

७ मंसिरमा अनलाइनखबरमा जिससकी एक्ली छोरी घोषणा कार्यक्रममा सरकार नै सहआयोजक शीर्षकको समाचार प्रकाशित भएपछि आयोजक संस्थाको तर्फबाट पूर्व प्रधामन्त्री माधवकुमार नेपालले सरकार सहयोग मात्रै भएको जानकारी दिएका थिए ।

सम्मेलनमा ४५ देशका १५ सय पाहुनाको सहभागिता रहने युपीएफले जनाएको छ । आयोजकका अनुसार सम्मेलनको उदघाटन सत्रमा विभिन्न मुलुकका सरकार तथा राष्ट्र प्रमुखबाट सम्बोधन हुनेछ भने दोस्रो सत्रमा शान्ति, विकास, सुशासन र सांसदहरूको भूमिका, तेस्रो सत्रमा अन्तर धार्मिक संगठन र नागरिक समाजको भूमिा, चौथो सत्रमा जलवायु परिवर्तन र पाँचौ सत्रमा सञ्चार माध्यमको भूमिका विषयमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment