१३ मंसिर, काठमाडौं । सरकारले एक गैरसरकारी संस्थाले गर्न लागेको कार्यक्रमका लागि आउने विदेशी पाहुनाको आवागमनलाई लक्षित गरी सवारी सञ्चालनमा जोर बिजोर प्रणाली लगाएको छ । बिहीबार बिजोर नम्बर प्लेटका सवारी चलेका छन् ।
तर, यसबाट यात्रुले चरम सास्ती भोगेका छन् । सडकमा गाडी कुरिरहेका यात्रुको भीड बाक्लो छ । तर, सरकारी अधिकारीले यसलाई बेवास्ता गरेका छन् ।
घन्टौं कुर्दा पनि गाडी नपाएपछि यात्रुहरुले सरकारको जोर-बिजोर लगाउने कदमको आलोचना गरेका छन् । बानेश्वरमा एयरपोर्ट जान बस कुरिरहेकी वृद्ध शान्तिमाया तामाङ डेढ घण्टामा पनि एउटा बस नाएको गुनासो गर्छिन् ।
‘तीनकुनेसम्म जाने बस पनि पुरै भरिएर आएको छ, खुट्टा टेक्ने ठाउँ छैन,’ उनले भनिन्, निजी गाडीलाई जे-जो लगाए पनि हुन्थ्यो । तर, हामी जस्ता बढुाबुढी चढ्ने बसमा किन जोर-बिजोर लाउनुपर्यो ? ‘
उपभोक्ताकर्मी रामबहादुर थापा काठमाडौंका हरेक बस स्टपमा यात्रुको चाप उच्च रहेको बताउँछन् । उनका अनुसार यात्रुले समयमै बस नपाउादा सास्ती भोगिरहेका छन् । बल्ल-बल्ल आउने बस पनि भरिएर आउँदा कोचिएर यात्रा गर्नुको विकल्प यात्रुसँग छैन ।
‘एक दिन भए पो नागरिकले पनि ठीकै छ भनेर चित्त बुझाउन अझै ४ दिन यस्तो सास्ती भोग्नुपर्छ,’ थापाले भने,’आवागमन व्यवस्थित गर्न निजी सवारीलाई रोक्दा हुन्छ । सार्वजनिक सवारी रोकेर सर्वसाधारणको दैनिकी नै अस्तब्यस्त बनाउने काम सरासर गलत छ ।’
काठमाडौंमा बिहीबार नम्बर प्लेटमा अन्तिम अंक जोर भएका सबै सवारीलाई रोकिएको छ । जोर नम्बरको प्लेट भएका सवारी रोकिँदा निजी सवारी धनी पनि सार्वजनिक सवारी चढ्न बाध्य छन् । यसले गर्दा सार्वजनिक सवारीमा उच्च चाप छ । तर, सरकारले यसको व्यवस्थापनका लागि कुनै पहल र प्रयास गरेको छैन ।
महानगरी ट्राफिक प्हरी महाशाखाका अनुसार आज जोरबिजोर लागेकाले ट्राफिक जामको समस्या निकै कम छ । तर, नागरिकले सस्ती पाएको विषयमा सोध्दा महाशाखाका अधिकारी गृह मन्त्रालयको निर्णय भएकाले आफूहरुले नागरिकको सास्ती निरीह भएर हेर्न मात्रै सक्ने जवाफ दिन्छन् ।
बिहीबार सकडमा चलेका चलेका ट्याक्सी कुनै पनि मिटरमा हिँड्न मनानेका छैनन् । उपभोक्ताकर्मी थापाका अनुसार ट्यक्सीहरुले यात्रुको बिजोग भएको मकौका बनाएर नियमित उठाउने भन्दा दोब्बर भाडा असुलिरहेका छन् । तर, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले त्यसतर्फ ध्यान दिएको छ ।
‘एक त सवारी नै छैन । ट्याक्सी चढौं न त भन्दा ट्याक्सी मिटरमा गुड्नै मान्दैनन् । मर्कामा परेका यात्रुलाई हिजो अस्ति लिनेभन्दा दोब्बर भाडा उठाइरहेका छन्,’ उनले भने,’जोरबिजोरले नागरिकलाई यति दुःख पर्दा पनि सरकारी अधिकारीले किन सोच्दैनन् ?’
प्रतिक्रिया 4