Comments Add Comment

आजका पत्रपत्रिकाः क्रिस्चियन धर्मगुरुबाट आशीर्वाद लिँदै प्रधानमन्त्री दम्पती

१४ मंसिर, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा एसिया प्यासिफिक समिट र जोर–बिजोर प्रणालीका कारण यात्रुले पाएको सास्ती परेको छ ।

किस्चियन धर्मप्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनको आयोजनामा शुक्रबारदेखि राजधानीमा कार्यक्रम हुँदैछ ।  कार्यक्रममा सहभागी हुन आएका पाहुना र जोर–बिजोर प्रणालीले यात्रुलाई भने असुविधा भएको छ । पत्रपत्रिकाहरुले सर्वसाधारणले भोगेको भुक्तमान र कार्यक्रमबारे आज चर्चा गरेका छन् ।

राजधानीमै अपहरणपछि भएको बालकको हत्यालाई पनि आजका पत्रपत्रिकाहरुले ‘कभरेज’ गरेका छन् । गोंगबुस्थित त्रिवेणी होटलका सञ्चालक प्रवीण कुँवरका ८ वर्षे छोरा प्रयासको अपहरणपछि हत्या भएको हो ।

नेपाली सेनाको भर्ना प्रक्रिया अनियमितता आरोपमा ३ अधिकृतसहित ११ जना बर्खास्त भएका छन् । यसलाई पनि आजका पत्रपत्रिकाहरुले उत्तिकै महत्त्वका साथ पहिलो पृष्ठमा समेटेका छन् ।

यसका अतिरिक्त कर्मचारी समायोजन अध्यादेश मन्त्रिपरिषद्मा पुगेको, एनएसीले ल्याएका दुवै वाइडबडी विमानको स्वामित्व हाई फ्लाई एयरलाइन्सले आफ्नो देखाएको, एसिया प्यासिफिक समिटमा १५ सय जोडीले आशीर्वाद लिन लागेको, एनसेल पेसी फेरि सरेकोलगायत समाचारहरुले पनि आजका पत्रपत्रिकाहरुमा उत्तिकै स्थान पाएका छन् ।

सवारीमा लागू गरिएको जोर–बिजोर प्रणालीका कारण यात्रुले पाएको सास्ती दर्शाउने तस्वीर छापेको कान्तिपुरले प्रधानमन्त्रीसहित १५ सय जोडीले एसिया प्यासिफिक समिटमा आशीर्वाद लिन लागेको लेखेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र उनकी धर्मपत्नी राधिका शाक्यसहित मन्त्री, मेयर, नेता र शिक्षकका दम्पतीलाई चर्चकी गुरुआमाले आशीर्वाद दिन लागेको समाचारमा उल्लेख छ ।

आशीर्वाद दोस्रो दिनको पहिलो र दोस्रो सत्रमा जलवायु परिवर्तनको सम्बोधन र त्यसमा सञ्चारमाध्यमको भूमिकाबारे संगोष्ठी गरेपछि समापन सत्रमा दिन लागिएको हो ।

कान्तिपुरका अनुसार, सबै जोडी भित्रको हलमा नअट्ने भएपछि हायातबाहिरको खाली ठाउँमा ३४ सय सिट क्षमताको अस्थायी हल बनाइएको छ ।

‘आजको विश्वमा पश्चिमा हावा लागेर परिवार विखण्डन भइरहेको छ’ यूपीएफ नेपालका महासचिव विनोद डाँगीलाई कोट गर्दै कान्तिपुरले लेखेको छ, ‘त्यसलाई नेपालमा आउन नदिन र परिवारलाई जोगाइराख्न आशीर्वाद दिन लागिएको हो ।’

आशीर्वादपछि प्रधानमन्त्रीसहित आशीर्वाद लिनेहरुको जोडी मुन परिवारको अंग बन्ने सम्भावना रहने आयोजकको दाबी छ ।

या‘यो आशीर्वाद समारोह युनिफिकेसन चर्च र यसका सदस्य तथा यसको बजारीकरणका लागि धेरै महत्त्पूर्ण रहेको कार्यक्रमको महत्त्व दर्शाउँदै सूचीमा उल्लेख गरिएको कान्तिपुरमा समाचार छ ।

‘हाई फ्लाई लेख्छ– दुवै जहाज हाम्रा’ शीर्षक दिएर अन्नपूर्णले नेपाल वायु सेवा निगमले खरिद गरेका दुई वाइडबडीको स्वामित्वबारे समाचार लेखेको छ ।

अन्नपूर्ण लेख्छ– नेपाल एयरलाइन्सले ल्याएका दुवै वाइडबडी विमानको स्वामित्व हाई फ्लाई एयरलाइन्सले आफ्नो देखाएको छ । उसको वेबसाइटमा हाम्रा जहाज शीर्षकअन्तर्गत म्यानिफेक्चरर्स सिरियल नम्बर १८७२ र १८७८ का ए ३३०–२४३ पनि समावेश छन् ।

तर नेपाल एयरलाइन्सले हाई फ्लाईसँगै ती जहाज किनेको दाबी गर्दै आएको छ । उसले भने आफ्नो भनिरहेको छ ।

नयाँ पत्रिकाले पनि एसिया प्यासिफिक समिटमाथि नै मुख्य समाचार लेखेको छ ।

नयाँ पत्रिकाका अनुसार, क्रिस्चियन धर्मप्रचारक संस्था आयोजक रहेको कार्यक्रममा सरकारको ५५ लाख खर्च हुन लागेको छ । कार्यक्रममा ४५ राष्ट्रका १५ सहभागी हुँदैछन् र उनीहरुको सुरक्षाका लागि ३५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नागरिकले स्थानीय सरकारले मनपरी गर्दासमेत प्रतिपक्ष निरीह बनेको औंल्याएको छ भने राजधानीमा कर्मचारी समायोजन अध्यादेश मन्त्रिपरिषद्मा पुगेको समाचार छ ।

गोरखापत्रले आज मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिको भ्रमण स्वीकृत गरेकोदेखि एनसेल लाभकर विवादको सुनुवाइ स्थगित भएकोसम्मका खबरलाई पहिलो पृष्ठमा समेटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment