Comments Add Comment

‘ड्रिम गर्ल’मा काम गरेर पछुतो छैनः आश्मा

नायिका आश्मा गिरीले अभिनय गरेको चलचित्र ‘ड्रिम गर्ल’ अहिले हलमा लागिरहेको छ । यो चलचित्रको व्यापार अपेक्षित नभएपनि आश्माको कामको राम्रै समिक्षा भैरहेको छ । आश्मा आफै पनि आफ्नो कामबाट खुशी छिन् । उनले भनिन्–‘हो मलाई चलचित्र बनाउने अन्य मेकरहरुले पनि यत्तीको काम गर्छौ भन्ने नलागेको बताउनुभएको छ । दर्शकबाट पनि राम्रो समिक्षा पाएकी छु । यसैले आगामी दिनमा अझै मिहिनेत गर्ने हौसला मिलेको छ ।’

आश्माले यो चलचित्रबाट नै डेब्यू गर्ने निर्णय आफ्नो भएकाले आफूलाई कुनै पनि पश्चताप नभएको बताइन् । उनले भनिन्–‘मलाई यो चलचित्रमा काम गरेकोमा कुनै पछुतो छैन । म आफैले यसमा काम गर्ने निर्णय गरेकी थिएँ । अहिले दर्शकले नेपाली चलचित्रलाई माया गरेको जस्तो मलाई लाग्दैनँ । एउटा कलाकारदेखि सम्पूर्ण टिमले निकै मिहिनेत गरेर काम गरेको हुन्छ । नेपाली दर्शकले नेपाली चलचित्रलाई नै माया गरिदिएको खण्डमा पक्कै पनि यसले अगाडि बढ्नका लागि सहयोग गर्छ ।’

नायिका गिरीले यो चलचित्र रिलिजपछि आफ्नो चलचित्र यात्रा कस्तो हुन्छ भनेर नसोचेको बताइन् । तर, पक्कै पनि राम्रो कथा आएको खण्डमा गर्ने उनको भनाई छ । उनले चाडै नै नयाँ चलचित्रमा काम गर्न लागेको पनि सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment