Comments Add Comment

हट्यो कावेली करिडोर निर्माणको अन्योल

१४ मंसिर, काठमाडौं । १३२ केभीको कावेली करिडोर प्रसारण प्रसारण लाइन आयोजनाको अन्योल हटेको छ । मन्त्रिपरिषद् बैठकले तेह्रथुमको २.९७ हेक्टर र पाँचथरको ११.७ हेक्टर गरी कुल १४ .६७ हेक्टर क्षेत्रफलको २ हजार ७२२ रुख काट्न अनुमति दिएपछि आयोजनाको अन्योल हटेको हो ।

आयोजनाको दोस्रो खण्ड गोदक-फिदममा पर्ने वन क्षेत्रमा पर्ने रुखहरु काटान अनुमति दिइएको हो । पाँचथरको फिदिम नगरपालिको जोरसल्ला-थापाटार खण्डको प्रसारण लाइन निर्माण अब तीव्र गतिमा हुने अपेक्षा गरिएको छ ।

इलामको देउमाई नगरपालिका-७ सिद्धिथुम्कामा स्थानीय बासीका कारण भएको अन्योल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ आफैंले स्थलगत रुपमा पुगेर समाधान गरेका थिए ।

विभिन्न अवरोधका कारण कावेली करिडोरका ११ वटा टावरमा तार टंग्ने काम हुन सकेको थिएन । आयोजनाले अवरोध रहेका टावरमा तार टांग्ने प्रयास गर्दा बहिीबार मात्रै २ वटा टावर ढलेका छन् । जसले गर्दा अझै आयोजना बन्न ढिला हुने आशंका बढेको छ ।

विभिन्न समस्याले काम गर्न नसक्दा पाँचथर र ताप्लेजुङमा निजी क्षेत्रले निर्माण गरिरहेका झण्डै एक सय मेगावाटका आयोजनाहरुको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकी खेर जाने अवस्था आउने खतरा बढेको थियो ।

प्रसारण लाइन निर्माणमा अवरोध भएपछि समस्या समाधान गर्न ऊर्जामन्त्री वर्षमान पुन, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत सक्रिय भएका थिए ।

कावेली करिडोर प्रसारण लाइन निर्माण करिव ११ वर्ष अघि सुरु गरिएको थियो । आयोजनाको निर्माण अगामी डिसेम्बरसम्ममा सक्ने लक्ष्य राखिएको छ । ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको ‘राइट अफ वे’मा स्थानीयको अवरोध, रुख कटान स्वीकृतिमा भएको ढिलाइ लगायतले आयोजनाको काम ढिलाई भएको हो ।

पाँचथर र ताप्लेजुङमा रहेका कावेली, हेवा, माइ लगायतका खोलामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि कावेली करिडोर निर्माण भइरहेको हो ।

झापा दमकबाट सुरु भएको प्रसारण लाइन इलाम, पाँचथर, तेह्रथुम हुँदै ताप्लेजुङसम्म पुग्छ । प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । त्यसमध्ये पहिलो दमक-गोदक खण्डको निर्माण भइसेकको छ । दोस्रो खण्ड गोदक-फिदम -थापाटार) हो । तेस्रो फिदिम-ताप्लेजुङ खण्डको निर्माण अन्तिम चरणमा छ ।

गोदक, थापाटार र ताप्लेजुङमा -अमरपुर)मा सव-स्टेसन निर्माण सकिएको छ । ९०.२ किलोमिटर प्रसारण लाइनमा २६३ वटा टावर निर्माण हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment