+
+
Shares

जिल्ला सभापतिहरुलाई देउवाले धन्यवादसमेत दिएनन्

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १४ गते १८:३१

१४ मंसिर, काठमाडौं । नुवाकोटको ककनीमा भेला गरेका कांग्रेस जिल्ला सभापतिहरुले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर विधानबारे सुझाव बुझाएका छन् । तर, देउवाले धन्यवाद दिनुको साटो असन्तुष्टि जनाएको गुनासो सभापतिहरुले गरेका छन् ।

२५/३० जना जिल्ला सभापति शुक्रबार देउवालाई भेट्न पार्टी कार्यालय सानेपा पुगेका थिए । उनीहरुको तर्फबाट काभ्रे सभापति मधु आचार्यले भेलाको निश्कर्ष लिखित रुपमा बुझाउन खोजे ।

त्यस क्रममा उनले आफूहरुको निश्कर्ष सुनाउन खोज्दा देउवाले ‘पढ्नतिर नलाग्नुस्, हातमै दिनुस्’ भनेका थिए । त्यहाँ उपस्थित एक जिल्ला सभापतिले भने, ‘उहाँ बसेको कुर्सीबाट उठ्नु भएन र धन्यवादसमेत भन्नु भएन ।’

देउवाले मुखले केही नभनेको तर, व्यवहारबाट भेला गरेकोमा असन्तुष्टि जनाएको उनीहरुले बताए ।

उनीहरुले विधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्कालाई पनि ककनी भेलाको निश्कर्ष बुझाएका छन् । विधानबारे केन्द्रीय कार्यसमितिमा छलफल जारी छ ।

कांग्रेसका जिल्ला सभापतिहरुले बुधबार र बिहीबार नुवाकोटको ककनीमा भेला गरी कांग्रेसको विधान र अन्य समसामयिक विषयमा सभापति देउवालाई आफ्नो निश्कर्ष बुझाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?