१६ मंसिर, काठमाडौं । नेपाल र म्यानमारका चेम्बर अफ कमर्सबीच द्वीपक्षिय व्यापार सम्बन्धी समझदारी भएको छ ।
‘नेपाल चेम्बर एक्स्पो २०१८’ को सन्दर्भ पारेर नेपाल चेम्बर अफ कमर्स र द रिपब्लिक अफ म्यानमार फेडेरेसन अफ चेम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्री बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सका तर्फबाट उपाध्यक्ष नरेश श्रेष्ठ र द रिपब्लिक अफ म्यानमार फेडेरेसन अफ चेम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रीको तर्फबाट सह-महासचिव म्यो थान्टले हस्ताक्षर गरे ।
समझदारी पश्चात द्वीपक्षिय ब्यापार र लगानी थप मजबुत बन्ने बिश्वास व्यक्त गरिएको छ ।
हालसम्म नेपाल चेम्बर अफ कमर्सले ६१ वटा बिभिन्न देशको चेम्बर अफ कमर्ससँगको समझदारी पत्रमा हस्ताक्षर गरिसकेको नेपाल चेम्बर अफ कमर्सका निर्देशक हरिप्रकाश चन्दले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4