१६ मंसिर, काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नेपाली बजारमा अर्को एउटा आकर्षक प्यासेन्जर गाडी टाटा टिगोर ल्याएको छ ।
मनमोहक बाहिरी र भित्री बनावट भएको टाटा टिगोर पेट्रोल बाट चल्ने सेडानको न्युनतम २७.५५ लाख (१.२ लि. रेभोट्रन) मूल्य पर्नेछ र टाटाका सबै आधिकारिक विक्री केन्द्रहरुमा उपलब्ध हुनेछ ।
टाटा मोटर्सका इन्टरनेसनल प्यासेन्जर युनिटका प्रमुख सुजन रोयले भने, “सही मूल्यमा बोल्ड, आकर्षक वनावट र उपयुक्त प्रिमियम खोज्ने ग्राहकहरुका बिच कम्प्याक्ट सेडान निकै लोकप्रिय छ ।
यही तथ्यलाइ ध्यानमा राख्दै हामीले कला, कार्यक्षमता, आराम र प्रविधिको सर्वोत्कृष्ट सम्रिश्रण स्वरूप नयाँ टाटा टिगोर ल्याएका छौं । यसले हाम्रा ग्राहकहरुको मन जित्ने कुरामा हामी बिश्वस्त छौं ।’
उद्घाटन समारोहमा सिप्रदी ट्रेडिंगका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने, “अरुभन्दा केहि फरक गर्ने दृढता अनुरुप नयाँ टिगोर बजारमा आएको हो । यो केवल टाटाको नयाँ उत्पादन मात्र होइन सम्पूर्ण अटोमोबाइल उद्योगमा नै नयाँ आयाम हो । नयाँ टिगोरले एकातिर हामीलाई चार पांग्रे बजारमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाएको छ भने अर्को तर्फ यसले हाम्रो उतकृष्टता प्रतिको आफ्नो अटुट प्रतिबद्धतालाई पनि पुनः एकपटक प्रमाणित गरेको छ ।’
सर्वोत्कृष्ट बनावट
नयाँ टिगोरमा भएको ब्रेक फ्री कुप रुफलाइन र डियोल चेम्बर प्रोजेक्टर हेडल्याम्प्सले यसको बनावट एकदमै आकर्षक बनाएको छ ।
ओभीआरएमएसमा अटो फोल्ड फङसन भएको एलईडी टर्न इन्डिकेटर र १५ इन्च पांग्रामा डियोल टोन कलर स्किम रहेको यो सेडान एजिप्सियन निलो, रोमन सिल्भर, एस्प्रेसो खैरो, बेरी रातो, पियरसेंट सेतो र टिटानियम खैरो गरी ६ वटा रङ्गमा उपलब्ध छ ।
आकर्षक भित्री बनावट
बाहिरी आवरण जति आकर्षक छ भित्री पनि कम छैन । कालो र खैरो रङ्ग को प्रयोग गरिएको र टिटानियम रङ्गको छालाको सिट कभर भएको, आकर्षक छत, कप राख्ने ठाउँ, आरामदायी हात राख्ने ठाउँ भएकोे यो गाडी लक्जरियस देखिन्छ ।
अतुलनीय आराम
नयाँ टिगोरमा सहज ड्राइभिङ्गका लागि हाइट एडजस्ट गर्न मिल्ने ड्राइभिङ्ग सिट राखिएको छ । पछाडि र अगाडिको सिटको बिचमा पर्याप्त ठाउँ रहेको छ ।
अटोमेटेड तापक्रम कन्ट्रोल सिस्टमले क्याबिनको वरिपरी समान कुलिङ्ग हुन्छ । उपयुक्त चौडाई र क्लियर ओपनिङ्ग भएको यस गाडीमा इनोभेटिभ ४बार मेकानिज्मको प्रयोग गरी २४ इन्टेलिजेन्ट स्पेस र ४१९ लि. को बुट स्पेस बनाइएको छ ।
नेक्स्ट जेनेरेसन एचएमआइ
नयाँ टिगोरमा ७ इन्च क्यापासिटिभ इन्फोटेन्मेन्टसँगै जताततै समान ध्वनि आउन सहयोग गर्ने हर्मन टि एमको एन्ड्रोइड अटो प्रयोग गरी ४ ओटा स्पिकर र ४ ओटा ट्वीटर राखिएको छ । यसै गरी हर्मन गोल्डेन इयर प्रमाणित अटो विशेषज्ञद्वारा साउण्ड सिस्टम सम्बन्धि सम्पूर्ण कार्य गराइएकोे छ ।
सर्वोत्कृष्ट सुरक्षा
टाटा मोटर्सको पहिलो प्राथमिकता नै सुरक्षा हो । यसै कुरालाई मध्यनजर राख्दै नयाँ टिगोरमा कडा किसिमको स्टिलको प्रयोग गरिएको छ ।
चालक र प्यासेन्जरको सुरक्षाका निम्ति गाडीमा डियोल एयर ब्याग, एन्टी लक ब्र्याकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिव्यूसन र कर्नर स्ट्याविलिटी कन्ट्रोलको प्रयोग गरिएको हुनाले यो अत्यन्त सुरक्षित छ ।
उत्कृष्ट कार्यक्षमता
१.२ लि. रेभोट्रन पेट्रोल पावर भएको यस नयाँ टिगोरमा उत्कृष्ट कार्यक्षमता र कम एनभीएचका लागि इन्जिनलाई थप अनुकुल बनाइएको छ ।
कम्पन कम गर्न ट्रान्समिसनमा थप सुधार गरिएको्र छ । सहज र आरामदायी ड्राइभिङ्गका लागि टाटा मोटर्सले दिदै आएको मल्टीड्राइभ मोड समावेश गरिएको छ । नयाँ टिगोर एक्सईओ, एक्सएमओ, एक्सजेडओ र एक्सजेड प्लस गरि जम्मा ४ वटा मोडलमा उपलब्ध हुनेछ ।
प्रतिक्रिया 4