१७ मंसिर, काठमाडौं । प्रहरीले काठमाडौंको जोरपाटी नयाँबस्तीबाट ५ लाख ३१ हजार नगदसहित १३ जुवाडेलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी कार्यालय बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द नेतृत्वको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–६ स्थित राम कार्कीद्वारा सञ्चालित पूर्वेली गेष्ट हाउसबाट उनीहरुलाई पक्रेको हो ।
पक्राउ पर्नेमा धादिङ घर भई होटल सञ्चालन गर्दै आइरहेका राम कार्की, बाराका राजकुमार तिवारी र काभ्रेका ३४ वर्षीय केशव नेपाल छन् । त्यसैगरी उदयपुरका ३० वर्षीय मानबहादुर मगर र सिन्धुपाल्चोकका ३६ वर्षीय विशाल सुनारलाई पनि प्रहरीले जवाखालबाटै नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकामाथि अनुसन्धान गरेर प्रचलित कानूनअनुसार मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4