Comments Add Comment

परम्परागत शैलीको योजनाले कर्णालीको विकास हुँदैनः मुख्यमन्त्री शाही

१७ मंसिर, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले परम्परागत शैलीको योजना निर्माण र लगानीले कर्णालीको विकास असम्भव रहेको बताएका छन् ।

कर्णाली प्रदेश राजधानी सुर्खेतमा सोमबार भएको एसियाली विकास वैंकको नेपालका लागि प्रस्तावित साझेदारी रणनीति ९२०२०-२०२४० का सन्दर्भमा संघीय, प्रदेश, स्थानीय सरकार तथा सरोकारवालहरुसंगको छलफल तथा परापर्श कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि द्रुतमार्गको प्रयोग अपरिहार्य भएको बताएका हुन् ।

एसियाली विकास वैंकले नेपालमा ठूलो मात्रामा लगानी गरेको भएपनि त्यसको परिणाम नदेखिएको भन्दै मुख्यमन्त्री शाहीले अवको लगानी प्रदेश सरकारको प्राथमिकताका क्षेत्रमा गर्नुपर्ने बताए ।

कर्णाली प्रदेशमा सडक, विद्युत, उद्योग, पर्यटन र कृषि क्षेत्रका ठूला परियोजनामा लगानीको आवश्यकता रहेको बताउँदै मुख्यमन्त्री शाहीले एशियाली विकास वैंकको आगामी रणनीति यस तर्फ केन्द्रीत हुनुपर्ने सुझाव दिए ।

फाष्ट ट्रयाकवाट कर्णालीको विकास र आर्थिक समृद्धि हाँशील गर्ने प्रदेश सरकारको योजना रहेको वताउदै मुख्यमन्त्री शाहीले सरकारको प्राथमिकताका क्षेत्रमा दाताहरुले लगानी गर्नुपर्ने धारणा राखे ।

आफूहरुले योजना आयोग समेत निर्माण गरिसकेको र छिटै परियोजना बैंक तयार गरेर विकास निर्माणको प्राथमिकता सुची निर्माण गर्ने उनको भनाइ छ ।

कर्णालीको गरिबी र विकटता वेचेर व्यक्तिगत समृद्धि हासिल गर्ने प्रवृत्ति हावी रहेको बताउँदै मुख्यमन्त्री शाहीले परिणाममुखी काममा मात्रै हात हाल्न दाताहरुलाई आग्रह गरे ।

मुख्यमन्त्री शाहीले प्रदेश सरकारको तर्फबाट दाताहरुको लगानीको सदुपयोग गर्न र पारदर्शिताका साथ परिणाममुखी कार्य गर्न प्रतिवद्ध रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment