Comments Add Comment

सिओपिडी : फोक्सोको एक जटिल रोग

क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सिओपिडी ) एक प्रकारको फोक्सो सम्बन्धी दीर्घकालीन रोग हो । यो रोगले सास अवरुद्ध गर्छ  जसले गर्दा सास फेर्नमा कठिनाई हुने गर्छ । यो रोग समयक्रम सँगै क्रोनिक हुने गर्छ ।

सिओपिडी भएमा श्वास नली सुन्निने तथा फोक्सोबाट निश्चित समिति गतिमा हावा निस्कने र पस्ने गर्छ । क्रोनिक ब्रोनकाइटिस तथा इम्फजिमा सिओपिडाको आम परिस्थिति हो ।

सिओपिडी भएमा क्रोनिक ब्रोनकाइटिस तथा इम्फजिमा दुवैको समस्या हुन सक्दछ । क्रोनिक ब्रोनकाइटिस भएमा ब्रोन्कियल ट्युब सुन्निने गर्छ । ब्रोन्कियल ट्युबले फोक्सोमा हावा पुर्‍याउने काम गर्छ । त्यस्तै, इम्फजिमा भएमा फोक्सोको ससाना हावाको थैली क्षतिग्रस्त हुन्छ ।

सिओपिडीका कारण फोक्सोमा क्षति पुगेमा यसलाई निको पार्न सकिदैन । यदपी, यसको लक्षणलाई नियन्त्रण गरेर थप नोक्सान हुनबाट फोक्सोलाई जोगाउन सकिन्छ ।

सिआपिडीका लक्षण

क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज ( सिओपिडी) भएमा व्यक्तिलाई सास लिनमा कठिनाई महसुस हुन्छ । यो समस्या विस्तारै विस्तारै विकसित हुने गर्छ । त्यसैले यो रोग कहिलेदेखि लागेको हो भन्ने यकिन गर्न मुश्किल हुनसक्छ  ।

सुरुवाती चरणमा सिओपिडीका कुनै लक्षण नदेखिन वा हल्का लक्षण देखिन सक्छ । तर जब रोगले जटिलता निम्त्याउन थाल्छ, तब यसले निम्न लिखित लक्षण देखाउन थाल्छ ।

-सास फेर्नमा समस्या,

-छिटो छिटो सास फेर्नु

-स्वाँ स्वाँ हुने

-छातीको संक्रमण हुने

-छाती कडा हुने

-घाँटी खसखसाउने

-अत्याधिक खोकी लाग्ने

-कफ निस्कने

जब यो समस्या थप जलि बन्न थाल्छ, व्यक्तिलाई नियमित कार्य जस्तै, सिडी चढ्न, लुगा लगाउन समस्या हुने गर्छ । जसले गर्दा व्यक्ति थकित हुने, तौल कम हुने, मांसपेशी कमजोर हुने गर्छ ।

सिओपिडीको समस्या भएका व्यक्तिले यसबाहेक पनि विभिन्न लक्षण महसुस गर्न सक्छन् ।

सिओपिडीको मुख्य कारण

सिओपिडी हुनुमा धुमपान प्रमुख कारण मानिन्छ । त्यस्तै, धुमपान गर्ने व्यक्तिको नजिकमा बस्ने व्यक्तिमा पनि सिओपिडी हुने सम्भावना उच्च हुने गर्छ ।

त्यस्तै, धुलो, धुवाँ, वायु प्रदुषणको प्रत्यक्ष सम्पर्कमा आउने व्यक्तिमा पनि सिओििपडी हुने सम्भावना उच्च हुने गर्दछ ।

त्यसबाहेक, निश्चित रोग अल्फा वान् एन्टीटि्रप्सिन डिफिसियन्सीका कारण पनि सिओपिडी हुने गर्छ भने फोक्सोको संक्रमणका कारण पनि सिओपिडी हुन सक्छ ।

सिओपिडी न्युमोनिया र इन्फ्लुएञ्जाका कारण हुँदैन । तर जो मान्छे सिओपिडीको उच्च जोखिममा छ , उनीहरुलाई भने यसले थप जटिलता निम्त्याउन सक्छ ।

त्यसैले, सिओपिडीको उच्च जोखिममा रहेका व्यक्तिले यस विरुद्धको खोप लगाउन जरुरी छ ।

सिओपिडीका प्रकार

सिओपिडीका विभिन्न प्रकार हुन्छ । जुन सामान्य समस्याबाट सुरु भएर मध्यम हुँदै जटिल हुने गर्छ ।

सामान्यतया, जब हावा स्वास नली ( ट्रेकिया) हुँदै हावा फोक्सोमा प्रवेश गर्छ, तब उक्त हावा फोक्सो दुई ठूलो नली ब्रोनसियल ट्युब हुँदै फोक्सोमा प्रवेश गर्छ । उक्त फोक्सोमा ब्रोन्कियल ट्यूब रुखको हागाँ झै ससाना हाँगाामा विभाजित हुन्छ । जसको सतहमा करौडौ ससाना हावाको थैली समूह बनाएर बसेको हुन्छ । हवाले भरिएको उक्त थैलीको बाहिरी परतमा सानो पर्खाल जस्तो हुन्छ, जुन ससाना रक्तनलीले भरिएको हुन्छ ।

सिओपिडी भएमा वायुमार्गबाट वायु भित्र जान र बाहिर निस्कन मुश्किल हुन्छ । जसले गर्दा वायुमार्ग र हावाको थैलीको लचिलोपना नष्ट हुन्छ । यही कारण हो कि सास फेर्दा फोक्सोमा हावाको केही अंश फस्दछ र हावाको थैलीमा बनेको पर्खालमा क्षति पुगी उक्त नली बाक्लो हुनुका साथै सुन्निने गर्छ । जसले गर्दा स्वास नलीमा सामान्य भन्दा बढीमात्रामा म्युकस (खकार) उत्पादन हुन्छ ।

उक्त म्युकसले श्वास नलीमा अवरोध खडा गरी हावालाई फोक्सोबाट बाहिर निस्कनबाट रोक्छ । परिणामस्वरुप, व्यक्तिलाई सास फेर्नमा कठिनाई हुने गर्छ ।

को पर्छ सिओपिडीको जोखिममा ?

धुमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने व्यक्ति सिओपिडीको मुख्य जोखिममा रहने गर्दछन् । त्यसबाहेक, धुमपानको सम्पर्कमा आउने व्यक्ति पनि यसको जोखिममा पर्ने गर्छन् ।

त्यसबाहेक, धुलो धुवाँ, प्रदुषण तथा विभिन्न रसायनको प्रत्यक्ष जोखिममा रहेका व्यक्ति समेत यस रोगको जोखिममा पर्ने गर्दछन् ।

४० वर्ष उमेर पुगेका जुनसुकै व्यक्ति सिओपिडीको मुख्य जोखिममा रहने गर्छन् । यद्यपी, यो रोग महिलाको तुलनामा पुरुषमा धेरै देखिने गरेता पनि यस रोगबाट मृत्यु हुनेमा महिलाको संख्या धेरै छ ।

एक तथ्यांक अनुसार अमेरिकामा मानिसको मृत्यु हुने प्रमुख कारणमध्य सिओपिडी तेश्रो स्थानमा पर्छ । सन् २०२० सम्ममा विश्वमा मानिसको मृत्यु हुने प्रमुख कारणमध्य सिओपिडी तेश्रो प्रमुख कारण हुने अनुमान गरिएको छ ।

सिओपिडी एक पटक भएमा यसलाई निको पार्न सकिदैन । यद्यपी, जीवनशैलीमा सुधार ल्याएर तथा स्वस्थ खानपानका साथमा नियमित एक्सरसाइज गरेर यसलाई नियन्त्रणमा राख्न सकिन्छ । त्यस्तै, नियमित औषधीको सेवन, ओओपिडी विरुद्धको खोप, अक्सिजन थेरापीमार्फत पनि यसको उपचार गर्न सकिन्छ ।

त्यसबाहेक, चिकित्सकसितको परामर्श, धुमपान त्यागेर, स्वस्थ खानपान तथा नियमित व्यायाममार्फत पनि यसलाई नियन्त्रणमा राख्न सकिन्छ ।

यसका बाबजुद पनि सिओपिडी नियन्त्रित नभएमा चिकित्सकहरुद्धारा फोक्सोका क्षतिग्रस्त कोषिका हटाएर तथा फोक्सोको प्रत्यारोपणद्धारा पनि यस रोगको उपचार गरिन्छ ।

सिओपिडी भएमा ध्यान दिनु पर्ने कुरा 

-यो रोग समयसँगै बढ्न सक्ने हुदाँ सिओपिडीबाट ग्रसित व्यक्तिले  स्वास्थ्यमा विशेष ध्यान दिनु पर्छ ।

त्यस्तै, ज्वरो तथा संक्रमणका कारण पनि सिओपिडी क्रोनिक बन्न सक्छ । जसले गर्दा सास फेर्न कठिनाई हुने, छाती कडा हुने, अत्याधिक खोकी लाग्ने, खोकीसँगै खकार निस्कने र खकारको रङ परिवर्तन हुने तथा कसैकसैलाई ज्वरो आउने गर्दछ ।  यस्ता लक्षण देखिएमा तुरुन्तै चिकित्सकलाई जचाँउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment