+
+
Shares

सीके राउतको बन्दी प्रत्यक्षीकरण रिट खारेज

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १७ गते १८:२३

१७ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले सिके राउतलाई रिहा गर्न परेको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ ।

न्यायाधीशद्वय दीपकराज जोशी र बमकुमार श्रेष्ठको इजलासले सोमबार रिट खारेज गर्ने निर्णय गरेको हो । सर्वोच्चले राउतलाई राज्यविरुद्धको संगठित कुसर मुद्दामा बयानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाउन भनेको छ ।

रौतहट राज्यविरूद्धको संगठित कसुरमा लागेको भन्दै रौतहट प्रहरीले राउतलाई असोज २१ गते पक्राउ गरेको थियो । यो मुद्दा जिल्ला अदालतमा विचाराधीन छ ।

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि राउतका आफन्तले कात्तिक १२ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हाले का थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?