Comments Add Comment

तरलता समस्या समाधानतर्फ, वाणिज्य बैंकमा थपियो ३९ अर्ब निक्षेप

१७ मंसिर, काठमाडौं । बैंकिङ क्षेत्रमा तरलता समस्या रहेका बेलामा एकैदिन ३९ अर्ब रुपैयाँ निक्षेप बैंकहरुमा थप भएको छ ।

स्थानीय तहहरुमा गएको रकम वाणिज्य बैंकले निक्षेपको रुपमा देखाउन पाउने व्यवस्था पछि ३९ अर्ब रुपैयाँ थपिएको हो ।

बैंकहरुमा ३९ अर्ब रुपैयाँ निक्षेप थपिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

स्थानीय तहको खातामा रहेको रकम मध्ये ५० प्रतिशत वाणिज्य बैंकमा राख्न पाउने व्यवस्था अनुरुप ३९ अर्ब रुपैयाँ थपिएको प्रवक्ता पौडेलले बताए ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक कार्यक्रममा नै स्थानीय तहमा गएको रकम वाणिज्य बैंकहरुले निक्षेपको रुपमा देखाउन पाउने बताएका थिए ।

त्यसपछि अघिल्लो साता अर्थ मन्त्रालयले स्थानीय तहको ५० प्रतिशत रकम वाणिज्य बैंकमा निक्षेपको रुपमा देखाउन मिल्ने गरी व्यवस्था गर्न निर्देशन दिएको थियो ।

सोही अनुसार २७ वटा वाणिज्य बैंकहरुमा उक्त रकम निक्षेपको रुपमा थप भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment