Comments Add Comment

‘जानी नजानी’बाट विश्व बस्नेतकी छोरी निरिशाको फिल्ममा डेब्यू

कलाकार नयाँ लागेपनि चलचित्र ‘जानी नजानी’को फस्टलुक भने आँखालाई शित्तल बनाउने खालको छ । चैत्र १ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको फस्टलुक सार्वजनिक भएसँगै यसको पोष्टरलाई लिएर चर्चा सुरु भएको छ । यो चलचित्रको फस्टलुकमा नायक मनिष श्रेष्ठ, सन्नी सिंह र नायिका निरिशा बस्नेत र नम्रता श्रेष्ठलाई फिचरिङ गरिएको छ ।

पुराना कलाकार विश्व बस्नेतकी छोरी निरिशा बस्नेत यही चलचित्र मार्फत नेपाली रजतपटमा डेब्यू गर्दैछिन् । चलचित्रमा प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसी लगायतको मुख्य भूमिका छ । आधुनिक प्रेमकथामा आधारित यो चलचित्रमा कथा, पटकथा तथा संवाद सामिप्यराज तिमिल्सिनाको छ ।

यही चलचित्रबाट सहायक निर्देशक बसन्त अधिकारी चलचित्र निर्देशनमा डेब्यू गर्दैछन् । चलचित्रमा संजय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत, कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन छ ।

रोशनी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा मोदनाथ खनाल र सागरकाजी मालीको लगानी छ भने रोशनी केसी यसको कार्यकारी निर्माता हुन् । चलचित्रका लेखक तिमिल्सिनाले यूवापुस्ताको प्रेम र राष्ट्रियताको कुरालाई चलचित्रमा उठान गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment