+
+
Shares

नास्टले पोलिथिनबाट पेट्रोल निकाल्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १८ गते १७:१९

१८ मङ्सिर, काठमाडाैं । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले कन्काई नगरपालिकामा पोलिथिनका झोलाबाट पेट्रोलियम पदार्थ निकाल्ने भएको छ ।

तीन वर्ष अघि गरिएको अध्ययन सफल भएपछि नास्टले नमूनाका रुपमा पहिलो पटक नगरपालिकामा यो प्रविधि शुरु गर्न लागेको हो ।

नगरपालिकाले आर्थिक पाटो हेर्ने र आफूहरूले प्राविधिक सहयोग उपलब्ध गराउने नास्टका प्रविधि सङ्कायका प्रमुुख रवीन्द्रप्रसाद ढकालले बताए ।

उनले भने, ‘यहाँ पेट्रोल उत्पादन शुरु भएपछि फोहर व्यवस्थापनका लागि अरु नगरपालिका पनि यसमा आकर्षित हुन सक्छन् ।’

सो कार्यका लागि नगरपालिका आफैंले उपकरण खरीद गर्नेभन्दा पनि ठेक्का सम्झौतामार्फत अरुलाई दिन नास्टले सल्लाह दिइरहेको छ ।

प्रमुख ढकालले भने, ‘स्थानीय सरकार आफैँले व्यवसाय गर्दा असफल भएको देखिएकाले हामीलेठेक्का सम्झौतामा जान भनेका हौँ ।’

देशभरमा पुराना नगरपालिकाका लागि मात्रै नभएर नयाँ थप भएका नगरपालिकाका लागिसमेत फोहरको व्यवस्थापन समस्याको विषय बनेको छ । विभिन्न अध्ययनले फोहरमा पोलिथिनको मात्रा सबैभन्दा बढी र सबैभन्दा गाह्रो रहेको देखिएको छ ।

नगरपालिकाले फोहर व्यवस्थापनमा गर्ने खर्चभन्दा कम बजेटमा यो उपकरण खरीद गर्न सक्छन् । उनले भने, ‘एक करोडमा नगरपालिकाले शुरु गर्न सक्छन् ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?