Comments Add Comment

‘छक्का पन्जा ३’को सक्सेस पार्टीमा दिपकले भने–‘नेपालमा नेपाली चलचित्र नै नम्बर १’

चलचित्र ‘छक्का पन्जा ३’ले ५१ दिन मनाएको अवसरमा यसको निर्माणपक्षले काठमाण्डौमा भव्य कार्यक्रमको आयोजना गरेको छ । रेड कार्पेट सहितको भव्य कार्यक्रममा चलचित्र क्षेत्रका धेरै चलचित्रकर्मी र पत्रकारको उपस्थिती थियो । देशभरका १३ हलमा चलचित्रले ५१ दिन मनाएको अवसरमा यो कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा चलचित्रका कलाकार, प्राविधिक र पत्रकारलाई मायाको चिनो र सम्मान पत्र वितरण गरिएको थियो । सो अवसरमा बोल्दै चलचित्रका लेखक, निर्माता तथा कलाकार दिपकराज गिरीले ‘छक्का पन्जा ३’को सफलता सम्पूर्ण चलचित्रकर्मीकै सफलता भएको बताए ।

उनले भने–‘हामीले करोडमा बनाएको चलचित्रले बलिउडका अरबौ लगानीमा बनेका चलचित्रसँग प्रतिस्पर्धा गर्नु परेको छ । तर, पनि नेपालमा सर्वाधिक धेरै कमाई गर्ने चलचित्रको सूचीमा कुनै बलिउड चलचित्र छैन, हाम्रै चलचित्र छ ।’
दिपकराज गिरीले प्राविधिक रुपमा बलिउड र हलिउड चलचित्रलाई हराउन नसकिने बताए ।

तर, कथावस्तु, गीतसंगीत, मौलिकताको आधारमा नेपाली चलचित्रले विदेशी चलचित्रलाई पछि पार्न सक्ने उनको भनाई थियो । हरेक हप्ता नयाँ नेपाली चलचित्र रिलिज हुने भन्दै ‘छक्का पन्जा ३’ले जस्तै व्यापार अरु नेपाली चलचित्रले पनि गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा चलचित्रकी नायिका दीपिका प्रसाई उपस्थित भइनन् । निर्देशक दीपाश्री निरौला, कलाकारहरु जितु नेपाल, केदार घिमिरे, बर्षा राउत लगायत कार्यक्रममा उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment