नायिका दीपाश्री निरौलाले निर्देशन गरेका ३ वटा चलचित्र ब्लकबस्टर भए । ‘छक्का पन्जा, छक्का पन्जा २ र छक्का पन्जा ३’ले सर्वाधिक कलेक्शनको रेकर्ड राखेपछि दीपाश्री यतिबेला सबैभन्दा सफल निर्देशकको रुपमा परिचित छिन् । दीपाश्रीले बनाएको यो रेकर्ड तोड्न अन्य निर्देशकलाई लामो समय लाग्नेछ ।
तर, यसो भन्दै गर्दा दीपाश्रीले के ‘छक्का पन्जा’को ब्रान्ड र यसको टिम विना नै यस्तै हिट चलचित्र दिन सक्छिन् होला ? के दीपाश्रीले यो ब्यानर बाहिरको चलचित्र निर्देशन गरेर यस्तै सफलता प्राप्त गर्न सक्छिन् होला त ?
पत्रकारको यो प्रश्नमा दीपाश्रीले भनिन्–‘मैले नगर्ने भन्ने त कुरा नै छैन । तर, सबै कुरा मिलेको हुनुपर्छ । यो चलचित्र मैले गर्दा मात्र हिट भएको होइन । यो टिमको मिहिनेतले सफल भएको हो ।’ एउटा मात्र औलाले केही गर्न नसक्ने भन्दै दीपाश्रीले ५ वटा औंला नै भएपछि नै मजबुत देखिने बताइन् ।
दीपाश्रीले निर्देशन गरेको ३ वटा चलचित्र ब्लकबस्टर भएपछि अब उनलाई यो ब्यानर बाहिरको चलचित्र निर्देशन गर्ने चुनौती पनि बढेको छ ।
प्रतिक्रिया 4